म्यानमार र थाइल्याण्डमा रहेका नेपालीलाई परिचय पत्र दिन एनआरएनएको आग्रह « Khabarhub

म्यानमार र थाइल्याण्डमा रहेका नेपालीलाई परिचय पत्र दिन एनआरएनएको आग्रह


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपाली संघले म्यानमार र थाइल्याण्डमा रहेका नेपालीलाई परिचय पत्र दिन आग्रह गरेको छ ।

एनआरएनएका कार्यकारी अध्यक्ष कूल आचार्य, अध्यक्ष डा.बद्री केसी नेतृत्वको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी यस्तो आग्रह गरेको हो । प्रतिनिधि मण्डलले गैरआवासीय नेपाल संघले आयोजना गर्न लागेको कार्यशालामा प्रधानमन्त्री देउवालाई आतिथ्यताका लागि अनुरोध गर्न गएको हो ।

भेटघाटका क्रममा कार्यकारी अध्यक्ष आचार्य र अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीको मताधिकारको विषयका साथै म्यानमार र थाइल्याण्डमा रहेका नेपालीको पहिचानको समस्याबारे अवगत गराएका थिए ।

उनीहरूलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन अनुरोध गरेका छन् । यसरी नै अध्यक्षद्वयले नेपाल सरकारले पेस गरेको नीति, कार्यक्रम तथा बजेटमा गैरआवासीय नेपाली संघले उठाउँदै आएका धेरैजसो विषय सम्बोधन भएकोमा आभार प्रकट गरे ।

प्रधानमन्त्री देउवाले प्रतिनिधि मण्डलले उठाएका विषयमा चासो लिँदै त्यस विषयप्रति सरकार सकारात्मक रहेको जानकारी दिए । भेटघाटमा उपाध्यक्ष नरेन्द्र भाट, उपाध्यक्ष दुर्गा आचार्य, महासचिव डा। केशव पौडेल, उपमहासचिव नारायण काफ्ले, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक अमित राई, एनसीसी पोर्चुगलका प्रतिनिधि नरेन्द्र हमाल लगायतका गैरआवासीय नेपालीको सहभागिता थियो ।

गैरआवासीय नेपाली संघले १६ जुन २०२२ मा गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीको लगानी, वैदेशिक रोजगार लगायत विषयमा एक दिने कार्यशाला आयोजना गर्दैछ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ४ : २८ बजे

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को