म्यानमार र थाइल्याण्डमा रहेका नेपालीलाई परिचय पत्र दिन एनआरएनएको आग्रह | Khabarhub Khabarhub

म्यानमार र थाइल्याण्डमा रहेका नेपालीलाई परिचय पत्र दिन एनआरएनएको आग्रह


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपाली संघले म्यानमार र थाइल्याण्डमा रहेका नेपालीलाई परिचय पत्र दिन आग्रह गरेको छ ।

एनआरएनएका कार्यकारी अध्यक्ष कूल आचार्य, अध्यक्ष डा.बद्री केसी नेतृत्वको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी यस्तो आग्रह गरेको हो । प्रतिनिधि मण्डलले गैरआवासीय नेपाल संघले आयोजना गर्न लागेको कार्यशालामा प्रधानमन्त्री देउवालाई आतिथ्यताका लागि अनुरोध गर्न गएको हो ।

भेटघाटका क्रममा कार्यकारी अध्यक्ष आचार्य र अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीको मताधिकारको विषयका साथै म्यानमार र थाइल्याण्डमा रहेका नेपालीको पहिचानको समस्याबारे अवगत गराएका थिए ।

उनीहरूलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन अनुरोध गरेका छन् । यसरी नै अध्यक्षद्वयले नेपाल सरकारले पेस गरेको नीति, कार्यक्रम तथा बजेटमा गैरआवासीय नेपाली संघले उठाउँदै आएका धेरैजसो विषय सम्बोधन भएकोमा आभार प्रकट गरे ।

प्रधानमन्त्री देउवाले प्रतिनिधि मण्डलले उठाएका विषयमा चासो लिँदै त्यस विषयप्रति सरकार सकारात्मक रहेको जानकारी दिए । भेटघाटमा उपाध्यक्ष नरेन्द्र भाट, उपाध्यक्ष दुर्गा आचार्य, महासचिव डा। केशव पौडेल, उपमहासचिव नारायण काफ्ले, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक अमित राई, एनसीसी पोर्चुगलका प्रतिनिधि नरेन्द्र हमाल लगायतका गैरआवासीय नेपालीको सहभागिता थियो ।

गैरआवासीय नेपाली संघले १६ जुन २०२२ मा गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीको लगानी, वैदेशिक रोजगार लगायत विषयमा एक दिने कार्यशाला आयोजना गर्दैछ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ४ : २८ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य