मार्भल सिनेम्याटिक युनिभर्समा मुस्लिम सुपरहिरो बनिन् ‘मिस मार्भल’ « Khabarhub

मार्भल सिनेम्याटिक युनिभर्समा मुस्लिम सुपरहिरो बनिन् ‘मिस मार्भल’


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मार्भल स्टुडियोले आफ्नो सिनेम्याटिक युनिभर्समा नयाँ नयाँ सुपरहिरोहरुलाई ल्याईरहेको छ । आइरन म्यान, क्याप्टेन अमेरिका, ब्ल्याक विडो लगायतका पात्रहरु नरहँदा नयाँ पात्रलाई आफ्नो सिनेम्याटिक युनिभर्समा स्थापित गर्ने दौडमा मार्भल रहेको छ । यसैक्रममा मार्भल स्टुडियोले डिज्ने प्लसको आगामी सिरिज ‘मिस मार्भल’ मार्फत नयाँ सुपरहिरो ल्याएको छ । 

मुस्लिम सुपरहिरोको कथा यसपटक देखाइएको छ। काल्पनिक चरित्र कमला खानको भूमिकामा पाकिस्तानी-क्यानडियन अभिनेत्री इमान भेलानी देखिएकी छन्। इमान पहिलो मुस्लिम अमेरिकी सुपरहिरोको रुपमा प्रस्तुत भएकी हुन्। सिरिजमा उनी मिस मार्भल बन्न महाशक्ति प्राप्त नगरेसम्म संघर्ष गरिरहन्छिन्। यस सिरिजमा बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तरले अभिनय गर्ने भएका छन् । 

अरामिसा नाइट, सागर शेख, ऋष शाह, जेनोबिया श्राफ, मोहन कपुर, म्याट लिन्ट्जको समेत अभिनय रहने सिरिज मार्फत मार्भलले नयाँ सुपरहिरोलाई दर्शक समक्ष ल्याएको हो । मार्भलले आफ्नो सुपरहिरोहरुको फिल्म र सिरिजलाई जोड्ने क्रममा छ । कथा सिरिज र फिल्ममा एकआपसमा जोडिएर अगाडि  बढ्नेछन् । मार्भलले सिरिजको प्रतिक्रिया हेरेर ‘मिस मार्भल’ लाई ठुलो पर्दामा ल्याउने योजना समेत बनाइरहेको छ । यस सिरिजको पहिलो एपिसोड प्रसारण भइसकेको छ भने अन्य एपिसोड हप्ते पिच्छे प्रसारण हुनेछ ।  सिरिज अंग्रेजी, हिन्दी, मलयालम, तमिल र तेलुगु गरी पाँच भाषामा प्रदर्शन भइरहेको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ५ : ४४ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित