खोटाङमा विपद् व्यवस्थापन समितिको बैठकमा बाँदर तह लगाउनेबारे छलफल « Khabarhub

खोटाङमा विपद् व्यवस्थापन समितिको बैठकमा बाँदर तह लगाउनेबारे छलफल


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँदर आतंकबाट किसान आजित छन् । तर बाँदर, दुम्सी लगायतका वन्यजन्तुबाट अन्नबाली जोगाउने भरपर्दो उपाय अहिलेसम्म पत्ता लाग्न सकेको छैन । बाँदरले अन्नबाली खाइदिएपछि कतिपय किसानको उठीबास भइरहेको छ ।

यसैसन्दर्भमा खोटाङमा विपद् व्यवस्थापन समितिको बैठकले बाँदर, दुम्सी लगायतका वन्यजन्तुको समस्या यथोचित समाधानका लागि विपद् व्यवस्थापन प्राधिकरण समक्ष माग गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको राजनैतिक दल, सुरक्षा निकाय र गैरसरकारी संघसंस्थाको बैठकले बाँदर, दुम्सी लगायतका वन्यजन्तुको समस्या हल गर्दै किसानलाई राहत दिलाइनुपर्ने माग उठाएको हो ।

खोटाङमा बाँदर नियन्त्रणका विभिन्न प्रयास भएका उदाहरण छन् तर त्यी प्रयास विफल भएका थिए । २०७५ फागुनमा बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पुर्‍याउने भन्दै भारतको खुसीनगर उत्तर प्रदेशका पेसेवार सिकारी ल्याएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छार्का, लुछिमलगायतका स्थानबाट दर्जनौं बाँदर समातियो ।

नगरपालिकाकै आर्थिक सहयोगमा लफ्याङमा ७ फागुन २०७५ देखि ‘बाँदर समाउ’ अभियान थालिएको थियो । तर, निकुञ्जमा लैजान भन्दै समातेर राखेको बाँदर राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानुनी प्रावधानले जटिलता आइपरेको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले किसानले बाँदरको समस्या हल गर्न माग गर्दै १ चैत २०७६ मा हलो, जुवा, दाँते र कोदालोसहित र्‍याली प्रदर्शन गरेका थिए । बाँदरबाट पीडित किसानले बाँदर नियन्त्रणको भरपर्दो उपायको खोजीको माग गर्दै दिक्तेलको हुलाकडाँडादेखि त्रिबेणीचोक हुँदै नगरपालिकासम्म र्‍याली निकालेको थियो । १० स्थानीय तह रहेको खोटाङका अधिकांश ठाउँमा बाँदरको समस्या छ ।

 

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ८ : ४१ बजे

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ