विद्युत प्रसारण लाइनमा झुन्डिएका व्यक्तिको उद्धार « Khabarhub

विद्युत प्रसारण लाइनमा झुन्डिएका व्यक्तिको उद्धार


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नुवाकोटको ककनीको हाइटेन्टसन तारमा झुन्डिएका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।

बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका प्रेमबहादुर बिक ‘माइला’ लाई करिब ९ घण्टापछि उनको उद्धार गरिएको हो ।उनलाई सेनाको टोलीले उद्धार गरेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।

उनलाई तल झार्नको लागि प्रहरी तथा स्थानीयले प्रयास गरिरहे पनि उनी भने अटेरी गरेर बसिरहेका थिए। हाइटेन्सन तारमा हिँडिरहेका व्यक्तिको उद्धारका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह गरेकी थिइन् ।

बिजुलीको तारबाट झर्न नमानेपछि ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए आयोजनामा विद्युत उत्पादन नै केही समयको लागि बन्द भएको थियो। करेन्ट लाग्न सक्ने भएपछि विद्युत् उत्पादन बन्द गरिएको प्राधिकरणले बताएको छ।

बिहान १० बजे उनी बिजुलीको पोलबाट तारमा चढेका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ८ : १८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको