विद्युत प्रसारण लाइनमा झुन्डिएका व्यक्तिको उद्धार « Khabarhub

विद्युत प्रसारण लाइनमा झुन्डिएका व्यक्तिको उद्धार


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नुवाकोटको ककनीको हाइटेन्टसन तारमा झुन्डिएका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।

बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका प्रेमबहादुर बिक ‘माइला’ लाई करिब ९ घण्टापछि उनको उद्धार गरिएको हो ।उनलाई सेनाको टोलीले उद्धार गरेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।

उनलाई तल झार्नको लागि प्रहरी तथा स्थानीयले प्रयास गरिरहे पनि उनी भने अटेरी गरेर बसिरहेका थिए। हाइटेन्सन तारमा हिँडिरहेका व्यक्तिको उद्धारका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह गरेकी थिइन् ।

बिजुलीको तारबाट झर्न नमानेपछि ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए आयोजनामा विद्युत उत्पादन नै केही समयको लागि बन्द भएको थियो। करेन्ट लाग्न सक्ने भएपछि विद्युत् उत्पादन बन्द गरिएको प्राधिकरणले बताएको छ।

बिहान १० बजे उनी बिजुलीको पोलबाट तारमा चढेका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ८ : १८ बजे

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा