महोत्तरीमा शिक्षक अभावका कारण पठनपाठनमा समस्या « Khabarhub

महोत्तरीमा शिक्षक अभावका कारण पठनपाठनमा समस्या


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महोत्तरी जिल्लाको बर्दिबासस्थित जनहित नन्दलाल माद्यामिक विद्यालयमा शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । झण्डै एक हजार विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा १७ जना शिक्षकले मात्र अध्यापन गराइरहेका छन् ।

एउटै कक्षमा ७० जनाभन्दा बढी विद्यार्थी राखेर अध्यापन गराउन बाध्य रहेको विद्यालयका प्रधानाध्यापक कुमार घिमिरे बताउँछन् ।

नियमानुसार १ हजार विद्यार्थीलाई पठनपाठन गराउन न्यूनतम २७ जना शिक्षकको आवश्यकता पर्छ । यसरी हेर्दा थप १० जना शिक्षकको अभाव छ ।

प्राविधिक धारको कक्षासमेत सुरुवात गरेको यस विद्यालयमा झण्डै ११ जिल्लाका विद्यार्थी अध्ययनरत छन् ।

बर्दिबासमात्र नभई छिमेकी जिल्ला र पालिकाको समेत यो विद्यालयमा आकर्षक बढेको छ । भर्नाको समयमा शिक्षकको अभाव रहेकै कारण धेरै विद्यार्थीलाई भर्ना लिन नसकिएको प्रधानाध्यापक घिमिरेले बताए ।

बर्दिबास–६ स्थित चौलिखामा रहेको यस विद्यालयमा विद्यार्थी संख्या अधिक बन्दा भवनको समेत अभाव बन्दै गएको छ । विद्यालयको जग्गा भए पनि भवन बनाउन बजेटको अभाव छ ।

शिक्षकको अभावबारे नगरलाई पनि थाहा छ । तर, पर्याप्त शिक्षक पठाउन सकेको छैन । अघिल्लो वर्ष स्थानीय सरकारले ६२ जना शिक्षक नगरबाट नै नियुक्त गरे पनि अझैँ बर्दिबासका ५२ वटा सामुदायिक विद्यालयमा शिक्षकको अभाव छ ।

जिल्लामा अहिले ३३१ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा १ लाख १९ हजार १ सय २६ विद्यार्थी अध्ययनरत छन् ।

शिक्षा विकाश समन्वय इकाई महोत्तरीका प्रमुख भरतबाबु सुवेदिका अनुसार जिल्लाभरी ३ हजार ८ सय ४० शिक्षकको आवश्यक छ । तर, जिल्लामा अहिले १ हजार ५ सय २७ शिक्षकमात्र छन् ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  १० : ३२ बजे

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि