युरोपेली आयोगकी प्रमुख युक्रेनको भ्रमणमा « Khabarhub

युरोपेली आयोगकी प्रमुख युक्रेनको भ्रमणमा


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लायनले रूसी आक्रमणको सामना गरिरहेको युक्रेनको भ्रमण गरेकी छिन् ।

युरोपेली संघले गर्ने सहयोगका बारेमा छलफल गर्न उनी युक्रेन आएको युक्रेनी अधिकारीहरुले जानकारी दिएका छन् । भ्रमणका क्रममा उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग संघमा युक्रेनको सदस्यताका बारेमा छलफल गरेको बताइएको छ ।

चाँडै सदस्यता पाउन युक्रेनले संघलाई अनुरोध गरिरहेका बेला युरोपेली आयोगकी प्रमुखले युक्रेनको भ्रमण गरेकी हुन् । संघले भने यसअघि नै तत्काल सदस्यता दिन नसकिने बताएको थियो ।

उनीहरुका बीचमा युक्रेनको युद्ध अन्त्य गर्ने र पुनर्निर्माण गर्ने बारेमा पनि छलफल भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

युरोपेली संघले रुसको आक्रमणप्रति सुरुदेखि नै आपत्ति जनाउदै आएको छ । तत्काल आक्रमण रोक्न संघले रुसलाई आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ९ : ०९ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा