पोखरादेखि लेखनाथसम्मको बिजुली तार अन्डरग्राउन्ड गरिने « Khabarhub

पोखरादेखि लेखनाथसम्मको बिजुली तार अन्डरग्राउन्ड गरिने


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा देखि लेखनाथसम्मको बिजुलीको तार अन्डरग्राउन्ड गरिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा यहाँको तारलाई भूमिगत गर्न लागिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदेश सरकारसँगको भेटमा लेखनाथ सबस्टेसनबाट पोखरासम्मको बिजुली अन्डरग्राउन्ड गरिने जानकारी गराएका हुन् ।

त्यसका लागि पोखराको बिरौटामा अत्याधुनिक सबस्टेसन बन्न लागेको र त्यसमा सहजीकरण गरिदिन उनले प्रदेश सरकारसँग आग्रह गरेका छन् । अन्तका सब स्टेसनभन्दा फरक डिजाइनमा डोमभित्र सबस्टेसन निर्माण हुने र त्यसले वरिपरिको बस्तीमा केही असर नपर्ने उनको भनाइ छ । यो सबस्टेसन निर्माण पछि पोखरामा बिजुली जाने समस्या समाधान हुने बताइएको छ ।

प्रदेश सरकारले प्राधिकरणसँगको समन्वयमा उज्यालो प्रदेश कार्यक्रम सञ्चालन गरिरहेको छ । यही आर्थिक वर्षभित्र उज्यालो प्रदेश घोषणाको कार्यक्रम गरिने सरकारले जनाएको छ । घिसिङले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई भेटेर उज्यालो प्रदेश घोषणा अभियानमा सघाउन प्राधिकरण तयार रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले अरू प्रदेशभन्दा गण्डकीमा धेरै विद्युत् उत्पादन हुने भए पनि कतिपय ग्रामीण भेगमा अझै पनि विद्युतीकरण हुन नसकेको स्मरण गराए । गण्डकी प्रदेशको मादी करिडोर, मोदी करिडोर, मर्स्याङ्दी करिडोर र अन्य स्थानमा विद्युत् आयोजनाहरू धमाधम बनिरहेको अवस्थामा विद्युत् प्रसारण लाइन नहुँदा उल्झन परेको बताए ।

प्रदेशको राजधानी पोखरामा बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न प्रदेश सरकार, प्राधिकरण र पोखरा महानगरले तत्कालै समन्वयमा काम गर्नुपर्ने उनको सुझाव छ । ऊर्जामन्त्री आचार्यले प्रदेश सरकारले सञ्चालन गरेको उज्यालो गण्डकी अभियान, काठेपोल विस्थापन अभियानमा भएका प्रगतिबारे जानकारी गराएका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ८ : ३५ बजे

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट विवरण लिएर

बडीमालिका हिमपात अपडेट : एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

बाजुरा- शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि