प्रदेश र संघको निर्वाचनसम्म गठबन्धन कायम रहने प्रचण्डको भनाइ « Khabarhub

प्रदेश र संघको निर्वाचनसम्म गठबन्धन कायम रहने प्रचण्डको भनाइ


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई आगामी प्रदेश र संघको निर्वाचनमा समेत कायमै राख्ने बताएका छन् । उनले सोही अनुसार मेहनत गर्न कार्यकर्तालाई निर्देशन दिए ।

गएको वैशाख ३० को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले आगामी चुनावमा गठबन्धन कायमै रहने र चुनावको तयारी गर्न आग्रह गरे । उनले निर्वाचनमा पार्टीले प्रमुख जितेका पालिकालाई क्रान्तिकारी र भोलिका दिनमा समाजवादी सत्ताको भ्रूणका रूपमा विकास गर्ने उद्देश्यमा स्पष्ट हुन सुझाए ।

२०७४ सालको स्थानीय तह चुनावमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्नो तरिकाबाट चल्न दिइए पनि अब पार्टीको नीति र सिद्धान्तका आधारमा पालिका चलाउन उनको आग्रह छ ।

प्रचण्डले स्थानीय निर्वाचनमा आफूहरू दोस्रो स्थानमा हुने आङ्कलन गरे पनि गठबन्धन अझै प्रभावकारी नहुँदा सिट घटेको बताएका छन् । उनले जनयुद्धबाट हासिल उपलब्धि समाप्त पार्ने षड्यन्त्र पटक पटक भइरहेको भन्दै संघीयता, गणतन्त्र र संविधान रक्षाका लागि सधैँ सचेत हुनुपर्ने बताए ।

विगतमा केपी ओलीले संसद् नै विघटन गरेर उपलब्धि समाप्त पार्न खोजेको आरोप लगाउँदै सबै उपलब्धि रक्षाको लागि आगामी चुनावमा समेत गठबन्धनको विकल्प नभएको प्रचण्डको भनाई छ ।

‘हामीले विजय हासिल गरेका १ सय २१ पालिकालाई समाजवादी सत्ताका भ्रूणहरू बनाउने र पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने खाँचो छ,’ उनले भने, ‘पालिकामा प्रत्येक निर्णय गर्नुअघि जनताको राय बुझ्ने मेकानिजम बनाउनुहोला । के गर्न उचित हुन्छ, सुझाव लिनुहोला ।’

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ८ : ५५ बजे

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,