त्रिभुवन आर्मी क्लब मकवानपुर गोल्डकको फाइनलमा « Khabarhub

त्रिभुवन आर्मी क्लब मकवानपुर गोल्डकको फाइनलमा


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकमा त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा क्यामरुनको एभिनियर एफसीसँग कठिन जित निकाल्दै साबिक विजेता आर्मी फाइनल प्रवेश गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा पनि बराबरी भएपछि सडन डेथमार्फत नतिजा निकालिएको हो । सडन डेथसम्म पुग्दा दुबै टिमबाट १४र१४ प्रहार भएको थियो ।

आर्मीको ११ प्रहार गोल हुँदा एभिनियरका १० मात्रै गोल भयो । अन्तिममा प्रहार गर्न पुगेका एभिनियरका डिजिकाको प्रहार बारमा लागेर फर्किएपछि आर्मी भाग्यमानी ठहरिएको हो ।

खेलमा भने आर्मीले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुवातीमै आर्मीले अग्रता लिएको थियो । आर्मीका लागि ५१ औं मिनेटमा दिनेश हेन्जनले गोल गरेका हुन् ।

खेलको अतिरिक्त समयको अन्तिम केही सेकेण्ड बाँकी रहँदा एभिनियरका डिजिकाले हेडमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । आर्मीले उपाधिका लागि सोमबार घरेलु टोली विजय यूथसँग प्रतिस्पर्धा गर्नेछ ।

विजय युथले शुक्रबार भएको पहिलो सेमिफाइनलमा पुलिसलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । खेलको म्यान अफ द म्याच आर्मीका दिनेश हेन्जन भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ । विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  १० : ०४ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको