तालिबानको सफाया कारवाहीमा एनआरएफका ४ लडाकु मारिए « Khabarhub

तालिबानको सफाया कारवाहीमा एनआरएफका ४ लडाकु मारिए


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा तालिबानको कारवाहीमा परी ‘नेशनल रेजिस्टेन्स फोस’ एनआरएफका चार लडाकु मारिएका छन् ।

तालिबानको फौजले मुलुकको पूर्वमा रहेको बडाखशान प्रान्तमा सफाया कारवाही गर्दा एनआरएफका चार लडाकु मारिएको अफगानिस्तानको बख्तर समाचार संस्थाले जनाएको छ ।

सफाया कारवाहीका क्रममा एनआरएफको गढ पनि भत्काउन सफल भएको तालिबानले दाबी गरेको छ ।

बडाखशान प्रान्तका सूचना एवम् संस्कृति निर्देशक मोइजुद्दिन अहमदीले सफाया कारवाहीको पुष्टि गर्दै कारवाहीमा हवाइ बलका कमाण्डरको पनि सहभागिता रहेको दाबी गरेका छन् ।

यसबारे एनआरएफले कुनै टिप्पणी नगरेको अफगानिस्तानको समाचार संस्था खामाप्रेसले जनाएको छ ।

अफगानिस्तानको सरकारलाई अपदस्थ गरी तालिबानले सत्ता कब्जा गरेलगत्तै स्थापना भएको एनआरएफ लडाकु समूह र तालिबानबीच छिटफुट मुढभेडहरु हुँदै आएको खामाप्रेसले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  १० : ४६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया