तालिबानको सफाया कारवाहीमा एनआरएफका ४ लडाकु मारिए « Khabarhub

तालिबानको सफाया कारवाहीमा एनआरएफका ४ लडाकु मारिए


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा तालिबानको कारवाहीमा परी ‘नेशनल रेजिस्टेन्स फोस’ एनआरएफका चार लडाकु मारिएका छन् ।

तालिबानको फौजले मुलुकको पूर्वमा रहेको बडाखशान प्रान्तमा सफाया कारवाही गर्दा एनआरएफका चार लडाकु मारिएको अफगानिस्तानको बख्तर समाचार संस्थाले जनाएको छ ।

सफाया कारवाहीका क्रममा एनआरएफको गढ पनि भत्काउन सफल भएको तालिबानले दाबी गरेको छ ।

बडाखशान प्रान्तका सूचना एवम् संस्कृति निर्देशक मोइजुद्दिन अहमदीले सफाया कारवाहीको पुष्टि गर्दै कारवाहीमा हवाइ बलका कमाण्डरको पनि सहभागिता रहेको दाबी गरेका छन् ।

यसबारे एनआरएफले कुनै टिप्पणी नगरेको अफगानिस्तानको समाचार संस्था खामाप्रेसले जनाएको छ ।

अफगानिस्तानको सरकारलाई अपदस्थ गरी तालिबानले सत्ता कब्जा गरेलगत्तै स्थापना भएको एनआरएफ लडाकु समूह र तालिबानबीच छिटफुट मुढभेडहरु हुँदै आएको खामाप्रेसले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  १० : ४६ बजे

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित