हेटौंडामा ग्याँस बोक्ने बुलेटको ठक्करबाट दुई जनाको मृत्यु « Khabarhub

हेटौंडामा ग्याँस बोक्ने बुलेटको ठक्करबाट दुई जनाको मृत्यु


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हेटौंडामा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल चालक र सवार एक गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ बारा तर्फबाट हेटौंडा आउँदै गरेको  भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्याँस बुलेटले विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका  हेटौंडा–९ का ५५ वर्षीय इश्वर तामाङ र २६ बर्षिया अमिना तामाङको मृत्यु भएको हो । घटनामा घाइते भएका दुवैको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

उक्त बुलेटले रातोमाटेमा पनि कारलाई ठक्कर दिएर आएको थियो । तर, कारमा मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ । बुलेट र बुलेट चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ११ : १४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया