श्रीलङ्काका प्रदर्शनकारीले भने- ‘राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौँ’ « Khabarhub

श्रीलङ्काका प्रदर्शनकारीले भने- ‘राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौँ’


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – राष्ट्रपति र प्रधानमन्त्रीले आधिकारिक रूपमा राजीनामा नगरेसम्म सरकारी सरकारी निवासमा कब्जा जारी राख्ने श्रीलङ्काका प्रदर्शनकारीहरूले बताएका छन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने शनिबार संसदका सभामुखले जानकारी दिएका थिए । त्यस्तै, प्रधानमन्त्रीले पनि राजीनामा दिने बताएका छन् । प्रदर्शनकारीले उनको निजी निवासमा आगजनी गरेका छन् ।

तर राष्ट्रपति आफैँ देखिएका छैनन् र सार्वजनिक बयान दिएका छैनन् । उनी हाल श्रीलङ्काको जलक्षेत्रमा नौसेनाको जहाजमा रहेको सैनिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनका भाइ पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षे पनि नौसेनाको आधारमा रहेको बताइएको छ ।

राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिने भने पनि आन्दोलनकारीहरूले नेताहरूको नियतप्रति शंका गरिरहेका छन् । ‘हाम्रो सङ्घर्ष  सकिएको छैन’, विद्यार्थी आन्दोलनका नेता लाहिरु वीरासेकराले भने, ‘राष्ट्रपति राजापाक्षेले नछोड्दासम्म हामी सङ्घर्ष छोड्ने छैनौँ ।’

आगामी दिन राजनीतिक रूपमा के हुन्छ भनेर हेर्नको लागि अत्यन्तै अनिश्चित समय हुने राजनीतिक विश्लेषक तथा मानवअधिकार वकिल भवानी फोन्सेका बताउँछन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : ५२ बजे

प्रतिनिधिसभा निर्वाचन : कैलालीमा १२ मतदान केन्द्र थप

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा

भदौ २३ मा जेन-जीको प्रदर्शनअघि प्रधानमन्त्री र गृहमन्त्री लेखकबीच के कुरा भएको थियो ?

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन-जी प्रदर्शनअघि प्रधानमन्त्री

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

धादिङ– धुनीवेशी नगरपालिका-८ खानीखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २

सरकार र जेन-जीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं– सर्वोच्च अदालतमा सरकार र जेन-जी पुस्ताबीच भएको १० बुँदे

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्

काठमाडौं- समानुपातिक सूचीका उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक