बढ्दै पायल्सको समस्या : के हो उपचार ? | Khabarhub Khabarhub

बढ्दै पायल्सको समस्या : के हो उपचार ?

‘पायल्स, फिसर र फिस्टुला फरक–फरक रोग’



पायल्स रोगका बिरामी दिन प्रतिदिन बढ्दो अवस्थामा छन्। दैनिक खानपानमा ध्यान नदिँदा यस्तो रोगको जोखिम झन् बढ्ने चिकित्सक बताउँछन्। कब्जियत नै पायल्सको मुल कारण हो। जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ। त्यही बलले भित्रका रक्तशिरालाई तन्काइदिन्छ। यो क्रमस फैलन थाल्छ र गिर्खा बन्न थाल्छ। पायल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। पायल्स निकै कष्टकर समस्या हो। गलत खानपान र जीवनशैलीले निम्त्याउने यो समस्याबाट धेरैजना ग्रसित हुन्छन्। तर, लाजको कारण धेरैले रोग लुकाउँछन्। जबसम्म समस्याले जटिल रुप लिँदैन, तबसम्म उपचार खोजिदैन। मलद्वार र मलाशयका भित्तामा रहेका रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पायल्स हो। सुरुवाती चरणमा खानपान र जीवनशैली बदलियो भने यो समस्याबाट छुटकारा पाउन सकिन्छ।

पायल्सको समस्या
धेरै मानिसले मलद्वारमा केही भयो भने पायल्स भयो भन्ने सोच्नुहुन्छ। मलद्वारमा विभिन्न किसिमका रोग लाग्न सक्छन्। मलद्धारको परीक्षण गरेर प्रत्यक्ष रुपमा हेरिसकेपछि मात्र पायल्स हो होइन थाहा हुन्छ। आयुर्वेद विधि पायल्सको लागि एकदमै राम्रो हुन्छ।

पायल्स हुने कारण
पायल्स हुने विभिन्न कारण छन्। यसमा मुख्य कारण कब्जियत हो। कब्जियत हुँदा दिसा गर्ने बेलामा बल लगाउनुपर्ने या दिसा पुरै खुलेर नआउने हुन्छ। पायल्स वंशाणुगत पनि हुन्छ। यदि कसैको परिवारमा एक जनालाई छ भने अरु सदस्यमा पनि सर्ने हुन्छ। अहिलेको समयमा धेरै मानिस ट्वाइलेटमा गएर मोबाइल हेर्ने, पत्रिका पढ्ने गर्छन्। लामो समय फिस्टुला ट्वाइलेटमा बस्दा भेनहरु फुल्छन। जसले गर्दा पायल्स हुने सम्भावना बढ्छ। खानेकुराको कारणले पनि पायल्स बढिरहेको छ। मैदाबाट बनेका खानेकुरा धेरै खानाले पनि पायल्स हुने गर्छ।

पायल्स, फिसर र फिस्टुला फरक फरक रोग
पायल्स दुई प्रकारको हुन्छ। (रगत जाने र रगत नजाने)। कसैलाई दिसा बस्दा मलद्वारबाट रगत बगेर जाने हुन्छ भने कसैको मलद्वारमा मासुको डल्ला निस्कने र आफै भित्र जाने हुन्छ। यसलाई चार वटा भागमा विभाजन गरिन्छ। सुरुमा थाहा हुँदैन। तर, विस्तारै मासु बाहिर आएपछि आफंैले भित्र धकेल्नुपर्ने हुन्छ। पछिल्लो अवस्थामा मासु भित्रै जाँदैन र अस्पतालसम्म पुग्नुपर्ने हुन्छ।

महिलामा फिसर बढी
फिसरको समस्या हुदाँ मलद्वार च्यातिने हुन्छ। यो समस्या बढ्दै गएपछि सहनै नसक्ने पोल्ने, दुख्ने हुन्छ। फिसर हुँदा ब्लड आउने र पायल्स हुँदा आउने ब्लड फरक हुन्छ। फिसर हुँदा ब्लड तपतप चुहिने हुन्छ। यो समयमा धेरै दुख्छ। प्रेगेनेन्सीमा धेरै आइरन खाने भएकाले पनि महिलामा फिसरको समस्या बढी देखिन्छ। महिलाले यो समस्याको बारेमा भन्न सक्दैनन्।

फिस्टुलामा सानो प्वाल परेर गन्हाउने पिप आउने गर्छ। पिप बगिरहने हुनाले भित्र लगाएको लुगा भिज्ने गर्छ। पायल्स, फिस्टुला र फिसर एउटै भनेर धेरैले बुझे पनि फरक फरक रोग हुन्।

आर्मी पुलिसमा पायल्सको धेरै समस्या
आर्मी पुलिसमा पायल्सको समस्या धेरै देखिएको छ। जसले धेरै धेरै गह्रौ चिज उठाउछ, जसलाई कब्जियत छ त्यस्तो व्यक्तिलाई बढी समस्या भएको पाइन्छ। ट्वाइलेटमा बसेर मोबाइल हेर्ने, पत्रिका पढ्ने व्यक्तिमा यो समस्या धेरै हुनेगर्छ। जंक फुड धेरै खाने, रातो मासु खाने र अदुवा खाने व्यक्तिमा बढी देखिएको छ।

समयमा उपचार नगर्दाको जोखिम
सुरुको अवस्थामा उपचार गरिएन भने धेरै समस्या निम्तिने गर्छ। रगत धेरै बगिरहेको छ भने हेमोग्लोबिनको कमी हुनसक्छ। पायल्सको समस्या मलद्वारमा हुने भए पनि मुख्य जड पेट हो। समयमा उपचार नगर्दा पायल्सको अप्रेसनसँगै पेटको पनि उपचार गर्नुपर्ने हुन्छ। पायल्सको अप्रेसन गरे पनि पेट ठिक भएन भने फेरि पायल्स बल्झिन सक्छ। जसले गर्दा पैसा पनि धेरै खर्च हुने र रोग पनि पूर्ण रुपमा निको नहुन सक्छ।

पायल्स हुँदैमा क्यान्सर हुन्छ भन्नु गलत
पायल्स छुट्टै रोग हो। क्यान्सर छुट्टै रोग हो। यसमा मासुको प्रकारनै छुट्टै हुन्छ। कसैले क्यान्सर हुुन्छ भनेर प्रलोभनमा पारेर ठग्ने गरेका छन्। यी दुबै रोगको लक्ष्ण फरक छन्। त्यसैले आफूलाई के भएको छ भनेर चिकित्सकलाई देखाउनु पर्छ।

पायल्सको उपचार
पायल्सको उपचारको प्रक्रिया फरकफरक छन्। सुरुको अवस्थामा छ भने औषधि खाएर निको हुन्छ। तर, समस्या बढिरहेको छ भने मासु बाहिर निस्किएको छ भने छारसुत्र विधिबाट निकाल्न सकिन्छ। लेप लगाउने विधिबाट पनि निको बनाउन सकिन्छ। यदि भएन भनेर अप्रेसन गर्न सकिन्छ।

अप्रेसन गरेपछि फेरि बझिल्न सक्छ
पायल्स हुने भनेको पेटको कारणले हो। हामीले उपचार गर्दा मासुमा मात्र ध्यान नदिएर पेटको कारणले भएको छ भने पेटलाई ठिक राख्नुपर्छ। पेटलाई ठिक राख्यो भने एकपटक अप्रेसन गरेपछि फेरि हुने सम्भावना कम हुन्छ। तर, ठिक भयो भने जे खानेकुरा पनि खानु हुँदैन।

पायल्स हुँदा के खाने के नखाने ?
पायल्स भएका व्यक्तिले फाइवरयुक्त खाना खानुपर्छ। घरमा बनाएको खाना खानु उपयुक्त हुन्छ। खाना तोरीको तेलमा बनाउनु राम्रो हुन्छ। पानी धेरै खानुपर्छ। सागपात, हरियो तरकारी, फलफूल धेरै खानुपर्छ। बाहिरको प्याकिङ गरिएको, मैदाबाट बनेको खानेकुरा सकेसम्म खानु हुँदैन। अदुवा, रातो मासु, सुख्खा खानेकुरा खानु हुँदैन।

समस्या आउन नदिन
बिहान चाँडै उठ्ने, बेलुका छिटो सुत्ने बानी बसाल्नु राम्रो हुन्छ। बेलुका १० बजे सुत्नुपर्छ। बिहान उठेर एक्सरसाइज गर्ने, दौडिने गर्नुपर्छ। बिहान हल्का नास्ता गर्ने। बिहानको खाना हेभी खाने। दिउँसोको समयमा हल्का खाने र सूर्यास्त भइसकेपछि खानेकुरा नखाँदा स्वस्थ्य बन्न सकिन्छ। ( आयुर्वेद शल्यकित्सक डा. विजेन्द्र शाहसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ७ : ११ बजे

राष्ट्रिय सभाको बैठक पनि सर्‍यो

काठमाडौं– प्रतिनिधि सभा बैठक स्थगित भए लगत्तै बसेको राष्ट्रिय सभाको

गौशालामा अतिक्रमण गरी बनाइएका घरमा काठमाडौं महानगरले चलायो डोजर (तस्बिरसहित)

काठमाडौं– काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका

प्रिमियर लिग : अन्तिम खेल निर्णायक, सिटी र आर्सनलमा कसले जित्ला उपाधि ?

काठमाडौं- जारी सिजनमा स्पेनिस ला लिगा, इटालियन सिरि ए र

एकल प्रदर्शनकर्ता चापागाइँलाई भेटिन् शिक्षामन्त्रीले

काठमाडौं– शिक्षामन्त्री सुमना श्रेष्ठले ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’

बायर लेभरकुजन : जसले एकै खेल नहारी जित्यो लिग, अझै दुई फाइनल खेल्दै

काठमाडौं- जर्मन बुन्डेस लिगा क्लब बायर लेभरकुजनले कुनै पनि खेलमा