नीता भन्छिन्, ‘छोरी झैँ श्रीमती र बुहारीको कर्तव्य निर्वाह गर्नेछुु’ « Khabarhub

नीता भन्छिन्, ‘छोरी झैँ श्रीमती र बुहारीको कर्तव्य निर्वाह गर्नेछुु’


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत शुक्रबार वैवाहिक जीवनमा बाँधिएका नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाले शनिबार याक एन्ड यति होटलमा रिसेप्सन पार्टीको आयोजना गरे । आयोजित पार्टीमा फिल्मकर्मीसँगै उनीहरूको आफन्त र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । उपस्थितले नव विवाहित जोडीलाई शुभकामना दिए ।

शुक्रबार बिहे लगत्तै आइतबार पार्टीको आयोजना गरेको जोडी दौडधुप मै थियो ।  रिसेप्सन पार्टीमा सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै नीताले छोरी झैँ बुहारी, भाउजु र श्रीमती भएर आफ्नो दायित्व निर्वाह गर्ने बताइन् ।

‘मलाई लक्ष्मीको रुपमा भित्र्याउनु भएको छ । म उहाँहरु प्रतिको दायित्व पूर्णरुपमा इमान्दारिताका साथ निर्वाह गर्नेछु’ नीताले भनिन् । उनले दाम्पत्य जीवनको अनुभव साट्दै नर्भससँगै खुशी भएको बताइन् । ‘आफ्नो परिवारलाई छोड्नु र नयाँ परिवार पाउनु व्यक्त गर्न नसकिने अनुभव हो । मेरो दायित्व दुवै तर्फ बराबर छ । म आफ्नो दायित्व अनुसार आफ्नो कर्तव्य निर्वाह गर्ने छु’ नीताले भनिन् ।

हरिहरले विवाह पश्चात खुशीको अनुभव सेयर गरे । आफ्नो जीवन बिताउने साथी प्रतिको दायित्व पुरा गर्ने क्रममा केही नर्भस देखिएता पनि मनमा निकै खुसी लागेको बताए । ‘सबै व्यवस्थापन आफैँले गर्नु पर्ने, उनलाई (नीता) भित्र्याउनु पर्ने, साथीभाइ सबैको उपस्थिति र सत्कारको व्यवस्थापन हेर्नु पर्ने कुराहरूले केही नर्भस देखिएको हुँ । यद्यपि मन भित्र निकै खुसी छु’ हरिहरले भने । आयोजित पार्टीमा अभिनेता राजेश हमाल, नायिका नीशा अधिकारी, नायक पुष्प खड्का, कलाकार जीतु नेपाल, नायिका नन्दिता केसी , विनय श्रेष्ठ , प्रशान्त ताम्राकार लगायत पुगेका थिए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : ०८ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको