नीता भन्छिन्, ‘छोरी झैँ श्रीमती र बुहारीको कर्तव्य निर्वाह गर्नेछुु’ « Khabarhub

नीता भन्छिन्, ‘छोरी झैँ श्रीमती र बुहारीको कर्तव्य निर्वाह गर्नेछुु’


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत शुक्रबार वैवाहिक जीवनमा बाँधिएका नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाले शनिबार याक एन्ड यति होटलमा रिसेप्सन पार्टीको आयोजना गरे । आयोजित पार्टीमा फिल्मकर्मीसँगै उनीहरूको आफन्त र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । उपस्थितले नव विवाहित जोडीलाई शुभकामना दिए ।

शुक्रबार बिहे लगत्तै आइतबार पार्टीको आयोजना गरेको जोडी दौडधुप मै थियो ।  रिसेप्सन पार्टीमा सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै नीताले छोरी झैँ बुहारी, भाउजु र श्रीमती भएर आफ्नो दायित्व निर्वाह गर्ने बताइन् ।

‘मलाई लक्ष्मीको रुपमा भित्र्याउनु भएको छ । म उहाँहरु प्रतिको दायित्व पूर्णरुपमा इमान्दारिताका साथ निर्वाह गर्नेछु’ नीताले भनिन् । उनले दाम्पत्य जीवनको अनुभव साट्दै नर्भससँगै खुशी भएको बताइन् । ‘आफ्नो परिवारलाई छोड्नु र नयाँ परिवार पाउनु व्यक्त गर्न नसकिने अनुभव हो । मेरो दायित्व दुवै तर्फ बराबर छ । म आफ्नो दायित्व अनुसार आफ्नो कर्तव्य निर्वाह गर्ने छु’ नीताले भनिन् ।

हरिहरले विवाह पश्चात खुशीको अनुभव सेयर गरे । आफ्नो जीवन बिताउने साथी प्रतिको दायित्व पुरा गर्ने क्रममा केही नर्भस देखिएता पनि मनमा निकै खुसी लागेको बताए । ‘सबै व्यवस्थापन आफैँले गर्नु पर्ने, उनलाई (नीता) भित्र्याउनु पर्ने, साथीभाइ सबैको उपस्थिति र सत्कारको व्यवस्थापन हेर्नु पर्ने कुराहरूले केही नर्भस देखिएको हुँ । यद्यपि मन भित्र निकै खुसी छु’ हरिहरले भने । आयोजित पार्टीमा अभिनेता राजेश हमाल, नायिका नीशा अधिकारी, नायक पुष्प खड्का, कलाकार जीतु नेपाल, नायिका नन्दिता केसी , विनय श्रेष्ठ , प्रशान्त ताम्राकार लगायत पुगेका थिए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : ०८ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका