सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै दोसल्लेका किसान « Khabarhub

सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै दोसल्लेका किसान


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेमा व्यावसायिक रूपमा गरिएको सुन्तला खेतीले किसानको जीवनस्तरमा सुधार ल्याएको छ । दोसल्ले गाउँका ५० घरपरिवारका नागरिकले परम्परागत खेती मकै, गहुँ र कोदो भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि खाद्यान्न खेती छोडेर सुन्तलाको व्यावसायिक खेती सुरु गरेका हुन् ।

गत वर्ष यहाँका किसान सुन्तला बिक्री गरेर रु ५० लाख भन्दा बढी रकम गाउँमा भित्र्याएका स्थानीय किसान प्रेमबहादुर पाइजाले बताए। दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्षसमेत रहेका पाइजाका अनुसार पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ८० देखि १२० का दरले सुन्तला खरिद गरेर लगेका थिए । 

भूगोल र वातावरणीय हिसाबले पनि यहाँ सुन्तला खेती राम्रोसँग फस्टाउने गरेको उनको भनाइ छ । पहिला दुईचार घरले मात्र सुन्तला लगाएका थिए स्थानीय किसान कृष्ण पुनले भने, ‘एक दशकयता सबै घरपरिवारले सुन्तला खेती गर्न थालेका छन् ।’ खेती नगरेर बाँझिएको जमिनमा पनि सुन्तलाका बिरुवा रोप्न थालेको उनले बताए।

अहिले सुन्तला नलगाएको घर नै छैन मकै, धान र कोदो खेती गाउँबाट हरायो । पुनले भने, ‘सुन्तला खेतीबाट राम्रो आम्दानी हुने भएपछि सुन्तला लगाउनेको सङ्ख्या वृद्धि भएको छ ।’ गाउँको सबै जमिन खाली नराखी सुन्तला लगाउने अभियान चलाएको उनको भनाइ छ ।

विगत १२ वर्षदेखि यहाँका किसानले सुन्तला खेती गर्दै आएका छन् । पछिल्लो समय सुन्तलाको माग बढेको र मूल्य पनि राम्रो पाउन थालेपछि पाखो बारी र खेत खाली नराखी सबै जमिनमा सुन्तलाका बिरुवा लगाउन थालेको किसानले बताएका छन् । वर्षमा मुस्किलले चार मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट ६० हजार भन्दा बढी आम्दानी भएको किसान रमेश पुनले बताए ।

सडक यातायातको सुविधा पुगेपछि बाँझिएका पाखो बारीमा झाडी फाँडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाइएको उनले जानकारी दिए । दश वर्षअघि स्थानीयवासी मिलन गर्बुर्जाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु भएको थियो ।

 कृषि ज्ञानकेन्द्र म्याग्दीले दोसल्लेमा सुन्तला खेती विस्तारका लागि नयाँ बिरुवा वितरण, किसानलाई बगैँचा र कीरा व्यवस्थापनसम्बन्धी तालिममा सहयोग गर्दै आएको छ । बेमौसममा सुन्तला बिक्री गर्नका लागि दोसल्लेमा तत्कालीन कृषि विकास कार्यालयको सहयोगमा सुन्तला भण्डार गर्ने भवनसमेत निर्माण भएको थियो ।

सुन्तलाबाट नै समृद्धि भित्रिन थालेपछि यहाँका किसान उत्साहित देखिएका छन् । निर्वाहमुखी कृषिबाट यहाँ व्यावसायिक कृषिको विकास भएको र यहाँका किसानको सिको उत्तरी म्याग्दीका अन्य ठाउँका किसानले पनि गर्न थालेका पाइएको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : ३८ बजे

जेन-जी आन्दोलनको उपहास : सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर