सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै दोसल्लेका किसान « Khabarhub

सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै दोसल्लेका किसान


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेमा व्यावसायिक रूपमा गरिएको सुन्तला खेतीले किसानको जीवनस्तरमा सुधार ल्याएको छ । दोसल्ले गाउँका ५० घरपरिवारका नागरिकले परम्परागत खेती मकै, गहुँ र कोदो भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि खाद्यान्न खेती छोडेर सुन्तलाको व्यावसायिक खेती सुरु गरेका हुन् ।

गत वर्ष यहाँका किसान सुन्तला बिक्री गरेर रु ५० लाख भन्दा बढी रकम गाउँमा भित्र्याएका स्थानीय किसान प्रेमबहादुर पाइजाले बताए। दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्षसमेत रहेका पाइजाका अनुसार पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ८० देखि १२० का दरले सुन्तला खरिद गरेर लगेका थिए । 

भूगोल र वातावरणीय हिसाबले पनि यहाँ सुन्तला खेती राम्रोसँग फस्टाउने गरेको उनको भनाइ छ । पहिला दुईचार घरले मात्र सुन्तला लगाएका थिए स्थानीय किसान कृष्ण पुनले भने, ‘एक दशकयता सबै घरपरिवारले सुन्तला खेती गर्न थालेका छन् ।’ खेती नगरेर बाँझिएको जमिनमा पनि सुन्तलाका बिरुवा रोप्न थालेको उनले बताए।

अहिले सुन्तला नलगाएको घर नै छैन मकै, धान र कोदो खेती गाउँबाट हरायो । पुनले भने, ‘सुन्तला खेतीबाट राम्रो आम्दानी हुने भएपछि सुन्तला लगाउनेको सङ्ख्या वृद्धि भएको छ ।’ गाउँको सबै जमिन खाली नराखी सुन्तला लगाउने अभियान चलाएको उनको भनाइ छ ।

विगत १२ वर्षदेखि यहाँका किसानले सुन्तला खेती गर्दै आएका छन् । पछिल्लो समय सुन्तलाको माग बढेको र मूल्य पनि राम्रो पाउन थालेपछि पाखो बारी र खेत खाली नराखी सबै जमिनमा सुन्तलाका बिरुवा लगाउन थालेको किसानले बताएका छन् । वर्षमा मुस्किलले चार मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट ६० हजार भन्दा बढी आम्दानी भएको किसान रमेश पुनले बताए ।

सडक यातायातको सुविधा पुगेपछि बाँझिएका पाखो बारीमा झाडी फाँडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाइएको उनले जानकारी दिए । दश वर्षअघि स्थानीयवासी मिलन गर्बुर्जाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु भएको थियो ।

 कृषि ज्ञानकेन्द्र म्याग्दीले दोसल्लेमा सुन्तला खेती विस्तारका लागि नयाँ बिरुवा वितरण, किसानलाई बगैँचा र कीरा व्यवस्थापनसम्बन्धी तालिममा सहयोग गर्दै आएको छ । बेमौसममा सुन्तला बिक्री गर्नका लागि दोसल्लेमा तत्कालीन कृषि विकास कार्यालयको सहयोगमा सुन्तला भण्डार गर्ने भवनसमेत निर्माण भएको थियो ।

सुन्तलाबाट नै समृद्धि भित्रिन थालेपछि यहाँका किसान उत्साहित देखिएका छन् । निर्वाहमुखी कृषिबाट यहाँ व्यावसायिक कृषिको विकास भएको र यहाँका किसानको सिको उत्तरी म्याग्दीका अन्य ठाउँका किसानले पनि गर्न थालेका पाइएको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : ३८ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति