‘अहिलेको समयमा असल जीवनसाथी पाउनु लौटरी भन्दा कम छैन’ « Khabarhub

‘अहिलेको समयमा असल जीवनसाथी पाउनु लौटरी भन्दा कम छैन’


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत शुक्रबार वैवाहिक जीवनमा बाँधिएका नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाले शनिबार याक एन्ड यति होटेलमा रिसेप्सन पार्टीको आयोजना गरे । आयोजित पार्टीमा फिल्मकर्मीसँगै उनीहरूको आफन्त र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

पार्टीमा पुगेकी अभिनेत्री निशा अधिकारीले अहिलेको समयमा राम्रो जीवनसाथी पाउनु ठुलै कुरा रहेको प्रतिक्रिया दिएकी छिन्।’जीवन बिताउने एउटा राम्रो साथी पाउनु पनि अहिले लौटरी लागेको भन्दा कम छैन। यो सहकार्य र साथ राम्रोसँग बित्नेमा विश्वस्त छु।किनकि मैँले नीताको बारेमा सुन्दा,सामाजिक सञ्जालमा पोस्टहरु हेर्दा र अन्तर्वार्ता हेर्दा पनि निकै परिपक्क पाएकी छु’ निशाले भनिन् ।

उनले उहाँहरू दुवै एक अर्का कै लागि बन्नु भएको बताइन् ।’उहाँहरूको विवाह प्रेमको सफलता पनि हो । उहाँहरू आउँदो समय अझै सुखमय हुनेछ’ निशाले भनिन् ।

आइतबार राती अबेरसम्म चलेको पार्टीमा अभिनेता राजेश हमाल, भुवन केसी, गायक राम कृष्ण ढकाल, राजेश पायल राई, नायक पुष्प खड्का, नायिका नन्दिता केसी, नम्रता सापकोटा, नेता रवीन्द्र मिश्र, कलाकार जितु नेपाल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ४ : ४१ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको