'विवाह अटो पाइलटमा चल्दैन' | Khabarhub Khabarhub

‘विवाह अटो पाइलटमा चल्दैन’


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत शुक्रबार वैवाहिक जीवनमा बाँधिएका नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाले शनिबार याक एन्ड यति होटलमा रिसेप्सन पार्टीको आयोजना गरे । आयोजित पार्टीमा फिल्मकर्मीसँगै उनीहरूको आफन्त र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । पार्टीको मध्य तीर अभिनेता राजेश हमाल आफ्नो पत्नी मधु भट्टराईको साथमा आइपुगे । 

उनले पार्टीमा प्रवेश अगाडि सञ्चारकर्मीसँग छोटो कुराकानी समेत गरे । उनले विवाहलाई बचाउने दायित्व श्रीमान र श्रीमती दुवैको रहेका विभिन्न आरोहअवरोहलाई सयुक्त रुपमा सुल्झाउनु पर्ने बताए । ‘मैले विवाहको कार्ड पाउँदा नै हरिहरजीलाई भनेको छु, हिम्मत नहार्नु होला र हरेश नखानु होला । किनकी विवाहको सुरुवाती समय सुखमय नै हुन्छ । तर, आउने चुनौतीलाई दुवै पक्षको बराबर सहभागितामा सुल्झाउनु पर्छ’ उनले भने ।  ‘विवाह अटो पाइलटमा चल्दैन । त्यसैले पनि समान सहभागिताले सफलता दिलाउँछ’ उनले भने । अभिनेता हमालले एकै क्षेत्रको भएकाले विवाह पश्चात झनै सहज हुने बताए ।

एकै क्षेत्रको हुनुहुन्छ । एक अर्कालाई राम्रै बुझ्नु भएको छ । बुझ्ने पार्टनर पायो भने  विवाह सुनमा सुगन्ध नै हुन्छ’ अभिनेता हमालले भने । एक अर्कालाई राम्रोसँग बुझ्यो भने वैवाहिक जीवनको छुटै आनन्द आउने उनले बताए । आइतबार राती अबेरसम्म चलेको पार्टीमा अभिनेता हमालसँगै भुवन केसी, गायक राम कृष्ण ढकाल, राजेश पायल राई, नायक पुष्प खड्का, नायिका नन्दिता केसी, नम्रता सापकोटा, नेता रविन्द्र मिश्र, कलाकार जितु नेपाल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : ०५ बजे

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली