अनेरास्ववियूको अनौठो शैलीको विरोध प्रदर्शन « Khabarhub

अनेरास्ववियूको अनौठो शैलीको विरोध प्रदर्शन


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा-  प्रदेश सरकारले राज्यकोष मन्त्री र नेताका बा–आमाका नाममा खुलेका प्रतिष्ठान र संस्थामा बाँडेपछि चौतर्फी आलोचना भइरहेको छ । यही क्रममा एमाले निकट अनेरास्ववियूले सोमबार पोखरामा अनौठो विरोध प्रदर्शन गरेका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको मुकुण्डो लगाएर उनीहरू सडकमै माग्न बसे । ट्रस्टलाई सहयोग गर्ने भन्दै व्यङ्ग्यात्मक रूपमा एक रुपैयाँ उठाउन थालेको अनेरास्ववियूका गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेलले बताए ।

अनेरास्ववियुले पोखरा ७ रत्नचोकबाट उक्त अभियान सुरु गरेको हो । यसलाई पोखराका विभिन्न चोक र जिल्ला जिल्लामा विस्तार गर्ने पौडेलको भनाइ छ । मुख्यमन्त्री पोखरेलका बाबु गोवर्धन शर्माको नाममा ५० लाख, मन्त्री श्रेष्ठका बाबु पुननारायण र आमा धनकुमारीको नाममा खुलेको ट्रस्टमा दुई शीर्षकबाट एक करोड विनियोजन भएको थियो । यस्तै, विभिन्न पार्टीमा आबद्ध व्यक्ति तथा संस्थालाई १० करोडभन्दा धेरै रकम विनियोजन गरिएको छ ।

उक्त कार्यको विरोध गर्दै अनेरास्ववियूले नौलो विरोध शैली अपनाएको हो । विरोधपछि मुख्यमन्त्री पोखरेलको सचिवालयले  विज्ञप्ती जारी गरी उक्त बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्च गर्न मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।

त्यसअघि नै मन्त्री श्रेष्ठले उक्त रकम आफूले नलिने घोषणा गरे । सांसद पियारी थापाले खोलेको संस्थामा पनि हालसम्म गण्डकी सरकारले ६० लाख खर्च गरिसकेको छ भने आगामी वर्षका लागि थप ७० लाख छुट्याइएको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ५ : ४५ बजे

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

एजेन्सी– यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी