‘मजदुरको कथालाई लभ स्टोरी मार्फत देखाएका छौँ’ « Khabarhub

‘मजदुरको कथालाई लभ स्टोरी मार्फत देखाएका छौँ’


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना बिर्सना’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा आकाशसँगै पूजा शर्मा र छुल्ठिम गुरुङ, सुनिल थापा लगायतका कलाकारहरू छन् । दार्जिलिङ्गमा छायांकन गरिएको फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन् । प्रेम र सामाजिक कथावस्तुमा आधारित फिल्म ‘सम्झना बिर्सना’ बाट पहिलोपटक नेपाली फिल्ममा निर्देशकीय डेब्यु गरेका प्रधान फिल्मले नेपाल र दार्जिलिङलाई जोड्ने सेतु बन्ने बताए ।

उनले कला र संस्कृति जोडिएको हुँदा पनि नेपाल आउँदा छुट्टै राष्ट्र आएको आभाष नहुने बताउँदै फिल्मले पनि एकै रहेको सन्देश दिने बताए । नेपाली फिल्म निर्माणमार्फत दार्जिलिङलाई पनि फिल्म उद्योगको रुपमा विकास गर्ने आफूहरूको लक्ष्य रहेको उनले बताए । त्यहाँ नेपालकै संस्कृति र शैली रहेकाले पनि नेपाली कलाकारलाई चिन्ने मात्र नभई फ्यान पनि धेरै छन् । अभिनेता आकाशले पनि दार्जिलिङमा नेपाली फिल्म र कलाकारलाई माया गरेको महसुस गरे । ‘यताका कलाकार उता गएर काम गर्ने सक्नेछन् ।

फिल्मले दुई देशको मित्रता झल्काउँछ र माया पनि,’ आकाशले भने । कन्यामको चिया बगानमा काम गर्ने मजदुरको अवस्था देखाउन देखाउने फिल्ममा बगानमा काम गर्ने मजदुर उचित पारिश्रमिक र मानवीय आवश्यकताबाट समेत बञ्चित भएको कथा छ । अभिनेता आकाशले नेपालभन्दा बाहिरको प्रोजेक्टमा पहिलोपटक काम गरेकाले चुनौती अवश्य रहेको बताए ।

उनले फिल्ममा चिया बगानको मालिकको चरित्रमा अभिनय गरेका छन् । उनी यस किसिमको प्रोजेक्टलाई प्रोत्साहित गर्नु पर्नेमा जोड दिन्छन् । ‘उहाँहरु दार्जिलिङ्गबाट नेपाली फिल्म बनाउनु आउनु भयो । हामीले हाम्रै संस्कृति रहेको ठाउँमा काम गर्दा हाम्रो प्रचारप्रसार पनि उत्तिकै हुन्छ । उहाँहरूलाई फिल्म बनाउन प्रोत्साहन पनि मिल्छ’ आकाशले भने ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ७ : ३० बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन