जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका तीनैजना जेल चलान « Khabarhub

जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका तीनैजना जेल चलान


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको बौद्धमा जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका तीनैजना जेल चलान भएका छन् ।

काठमाडौँ महानगरपालिका¬–६ बौद्धस्थित लुङता गेष्ट हाउसमा गत जेठ २९ गते २४ वर्षीया एक महिलालाई जबर्जस्ती करणी गर्ने सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा भन्ने रिन्जेन दावा लामा, सर्लाही बागमती नगरपालिकाका ३४ वर्षीय उत्तम लामा भन्ने उत्तरमान मुक्तान र काठमाडौँ बौद्धका रितेश तामाङलाई आज जेल चलान गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँको आदेशअनुसार पक्राउ परेका उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको जानकारी दिए ।

पक्राउ परेका गेष्ट हाउस सञ्चालक झ्याम्पा ढिल्ले शेर्पालाई भने रु १० लाख धरौटीमा छोडिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ९ : ५० बजे

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय

गोलबजार मेयर गोल्डकप : उद्घाटन खेलमा राष्ट्रिय जागृतिको जित

सिरहा– सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार