आज २०७९ साल साउन २५ गते बिहीबार । सन् २०२२ को अगस्ट ११ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।
सन् २००३ अगस्ट ११ मा नाटोले अफगानिस्तानमा तैनात बहुराष्ट्रिय शान्ति सेनाको औपचारिक रूपमा नेतृत्व सुरु गर्यो ।
सन् १९९९ अगस्ट ११ मा उताहको साल्ट लेक सिटीमा आएको एक आँधीमा एक जनाको मृत्यु भएको थियो ।
सन् १९९९ अगस्ट ११ मा २० औँ शताब्दीको अन्तिम पूर्ण सूर्य ग्रहण भएको थियो । सो ग्रहण यूरोप, एसिया, अफ्रिका, र उत्तर अमेरिकाबाट अवलोकन गरिएको थियो । वैज्ञानिकहरूका अनुसार संयुक्त अधिराज्यमा सो मात्राको ठुलो सूर्य ग्रहण सन् २०९० सम्म हुने छैन् ।
सन् १९९२ अगस्ट ११ मा ‘मल अफ अमेरिका’ को उद्घाटन भएको थियो । मिनिसोटाको ब्लुमिङ्टनमा अवस्थित सो मल संयुक्त राज्य अमेरिका नै सबैभन्दा ठुलो मल थियो । ३३० पसलले सुरु गरेको सो व्यापारको पहिलो दिन १० हजार कामदारले आफ्नो काम सुरु गरेका थिए ।
सन् १९९० अगस्ट ११ मा इराकलाई अतिक्रमणबाट जोगाउन इजिप्ट र मोरोक्कोका सेना साउदी अरब पुगेका थिए ।
सन् १९८८ अगस्ट ११ मा पाकिस्तानको पेशावरमा बिन लादेन, जवाहिरी र डा फाड्लको उपस्थिति भएको एक बैठकमा अल–काइदाको गठन भएको थियो ।
सन् १९६२ अगस्ट ११ मा सोभियत स्पेस एजेन्सीले भोस्तोक ३ प्रक्षेपण ग¥यो । सो स्पेसक्राफ्टका पाइलट एन्द्रियान निकोलायेभ थियो । निकोलायेभ ४ दिनमा ६४ पटक पृथ्वीको परिक्रमा गर्ने पहिलो अन्तरिक्ष यात्री थिए ।
सन् १९७८ अगस्ट ११ मा संयुक्त राज्य अमेरिका भिटो अधिकारको प्रयोग गर्दै उत्तर र दक्षिण भेयितनामलाई संयुक्त राष्ट्रसंघमा आबद्ध गरेको थियो ।
सन् १९६५ अगस्ट ११ मा लस एन्जेल्सको वाट्स एरियामा क्यालिफोर्निया हाइवे प्याट्रोल र दुई काला युवाबीच भएको सानो झडप ६ दिन लामो दंगामा परिणत भएको थियो ।
सन् १९६० अगस्ट ११ मा च्याडले फ्रान्सबाट स्वतन्त्रता प्राप्त ग¥यो । सन् १९०० मा कौसेरी युद्धपश्चात फ्रान्सले च्याडलाई अतिक्रमण गरेको थियो । फ्रान्सोइस टोमबाल्बे स्वतन्त्र च्याडका पहिलो राष्ट्रपति बने ।
सन् १९५८ अगस्ट ११ मा अमेरिकी रेस्लर हल्क होगनको जन्म भएको थियो । सन् १९८० को दशकमा होगनको रेस्लिङ जीवन उच्च विन्दुुमा थियो ।
प्रतिक्रिया