क्राइमियास्थित रुसी सैनिक विमानस्थल क्षतिग्रस्त, सैनिकले चुरोट पिएर घटना भएको युक्रेनी रक्षामन्त्रीको टिप्पणी « Khabarhub

क्राइमियास्थित रुसी सैनिक विमानस्थल क्षतिग्रस्त, सैनिकले चुरोट पिएर घटना भएको युक्रेनी रक्षामन्त्रीको टिप्पणी


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०१४ यता रुसले नियन्त्रणमा लिएको क्राइमिया प्रायद्विपमा रहेको एउटा रुसी सैनिक विमानस्थल क्षतिग्रस्त भएको पाइएको छ । भू उपग्रहमार्फत् खिचिएको तस्वीरबाट क्राइमियाको साकी सैनिक आधार केन्द्र क्षतिग्रस्त भएको पाइएको बीबीसीले जनाएको छ ।

क्राइमियाको पश्चिममा रहेको उक्त सैनिक विमानस्थलमा गत मंगलबार अज्ञात क्षेप्यास्त्रबाट आक्रमण भएको समाचार सार्वजनिक भएको थियो । घटनामा एक जनाको मृत्यु भएको जनाइएको छ ।

बीबीसीले जनाएअनुसार भू उपग्रहमार्फत् लिइएको तस्वीरमा विमानस्थलको भौतिक संरचनामा क्षति पुगेको एवम् ८ वटा रुसी लडाकु विमानहरु पनि क्षतिग्रस्त भएको देखिएको छ । यद्यपि विमानस्थलको धावनमार्गमा भने कुनै क्षति नपुगेको जनाइएको छ ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेयता क्राइमियास्थित रुसी सैनिक संरचनामा भएको यस आक्रमणलाई निकै चासोपूर्वक हेरिएको छ । युक्रेनी पक्षले घटनाको जिम्मेवारी हालसम्म स्वीकार गरिसकेको छैन ।

युक्रेनी रक्षामन्त्रीले भने गैरजिम्मेवार रुसी सैनिकले घटना गराएको हुनसक्ने टिप्पणी गरेका छन् ।

‘मेरो विचारमा रुसी सेनाका केटाहरुले सामान्य नियम भंग गरे – खतरनाक ठाउँमा चुरोट नखानु ।’ युक्रेनी रक्षामन्त्री ओलेक्सेई रेज्निकोभलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ, ‘भएको त्यही हो ।’

यद्यपि नयाँ तथ्यहरुबाट यो सैनिक संरचनामा लक्षित हमलाको सम्भावना देखिएको जनाइएको छ । बीबीसीका अनुसार रुसी पक्षले भने गोलाबारुदको भण्डारमा आगलागी र विस्फोट भएका कारण विमानस्थलमा क्षति पुगेको बताएको छ ।

अमेरिकामा आधारित प्लानेट ल्याब्स नामक संस्थाले क्राइमियाको सैनिक विमानस्थलको तस्वीर सार्वजनिक गरेको हो ।

युक्रेनी वायुसेनाले घटनामा दर्जनजति रुसी लडाकु विमान ध्वस्त भएको दाबी गरेको छ । यद्यपि रुसी पक्षले घटनामा कुनै विमानमा पनि क्षति नपुगेको दाबी गरेको छ । यद्यपि नयाँ सार्वजनिक भू उपग्रह तस्वीरबाट रुसी दाबी झूठो रहेको पुष्टि भएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ३ : ५८ बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई