‘रक्षाबन्धन, जनैपूर्णिमा साउन २७ गते शास्त्रसम्मत’ « Khabarhub

‘रक्षाबन्धन, जनैपूर्णिमा साउन २७ गते शास्त्रसम्मत’


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्वका बारेमा विभिन्न टीका–टिप्पणी भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

समितिले विज्ञप्ति प्रकाशित गरी साउन २७ गते शुक्रबार नै ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउनुपर्ने जनाएको छ । यो पर्व साउन २६ गते बिहीबार मनाउनुपर्ने भनी केही सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतबाट भइरहेको प्रचार–प्रसार शास्त्रसम्मत नरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस वर्षको जस्तो तिथिको अवस्था विसं २०७०, २०६१, २०५५, २०३१, २०३०, २०२४ र १९९४ मा भएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी,  सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । ती वर्षमा पनि रक्षाबन्धनकै दिन गाईजात्रा पर्व मनाइएको थियो ।

“धर्मशास्त्रमा विभिन्न मत भए पनि हाम्रो शाखा सूत्रअनुसार उदयव्यापिनी पूर्णिमा तिथिकै दिन उपाकर्म, रक्षाबन्धन आदि गर्ने हाम्रो परम्परा रहेको छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ । साउन २६ गते सूर्योदयको दुई घडीपछि पूर्णिमा तिथि लाग्छ । साउन २७ गते चार घडीभन्दा कम पूर्णिमा तिथि छ । पूर्णिमा तिथि टुटेको समितिले जनाएको छ । यस्तो अवस्थामा साउन २७ गते नै रक्षाबन्धन पर्व मनाउनुपर्ने शास्त्रीय वचनअनुसार समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएकाले भ्रममा नपरी त्यसै अनुरूप पर्व मनाउन समितिले आह्वान गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ४ : ०७ बजे

सुरक्षित निर्वाचनका लागि सक्रियता बढाउँदै सेना, थाल्यो मोटरसाइकलमा गस्ती

सिन्धुली- आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष रूपमा सम्पन्न गराउ

रुस-युक्रेन युद्धमा मारिएका सैनिकको परिवारलाई किम जोङ उनले राजधानीमै घर दिने

प्योङयाङ- रुस–युक्रेन युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकका परिवारलाई लक्षित गर्दै

डाँडापारी ‘कफी-जडीबुटी ड्रिम प्रोजेक्ट’ योजनासहित भोट माग्दै अमित लामा

काभ्रे- नेकपा एमालेका केन्द्रीय सदस्य एवम् काभ्रे क्षेत्र नं. १

जसपा नेपालका उम्मेदवार नै प्रवेश गरे एमालेमा

भैरहवा- जनता समाजवादी पार्टी (जसपा), नेपालबाट रुपन्देही क्षेत्र नम्बर ३

अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक : युनिसेफ

काबुल- संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो प्रतिवेदनमा