भारतका नवनिर्वाचित उपराष्ट्रपति धनखरद्वारा सपथ ग्रहण « Khabarhub

भारतका नवनिर्वाचित उपराष्ट्रपति धनखरद्वारा सपथ ग्रहण


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनिर्वाचित उपराष्ट्रपति जगदिश धनखरले भारतको १४ औँ उपराष्ट्रपतिका रुपमा सपथ ग्रहण गरेका छन् । राष्ट्रपति द्रौपती मुर्मुले राष्ट्रपति भवन नयाँ दिल्लीमा उपराष्ट्रपति धनखरलाई बिहीबार सपथ ग्रहण गराएकी हुन् ।

गत अगस्ट ६ मा भएको निर्वाचनबाट उनी उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएको घोषणा भने अगस्ट ७ मा प्रमुख निर्वाचन आयुक्त राजिभ कुमार र निर्वाचन आयुक्त अनुपचन्द्र पाण्डेले गरेका थिए ।

उपराष्ट्रपतिमा निर्वाचित धनखरसँग विपक्षी गठबन्धन समर्थित उम्मेदवार मार्गरेट अल्भाले प्रतिस्पर्धा गरेकी थिइन् । भारतको सङ्घीय संसद्मा भएको निर्वाचनमा धनखरले ५२८ मत पाउँदा अल्भाले १८२ मत पाएकी थिइन् ।

यसअनुसार उपराष्ट्रपतिमा निर्वाचित धनखरले ७४.३६ प्रतिशत मत प्राप्त गरेको बताइएको छ । सन् १९९७ पछिका ६ उपराष्ट्रपतिमध्ये उनले नै सबैभन्दा धेरै मत ल्याएका हुन् ।

उपराष्ट्रपति चयनका लागि ७८० जनाले मतदान गर्न पाउने व्यवस्था रहेको थियो । ती मध्ये ७२५ जनाले मात्रै मतदान गरेका थिए । खसेको मतमध्ये पनि १५ मत रद्ध भएको थियो ।

उपराष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा ३५६ मतको आवश्यकता पर्नेमा धनखरले त्योभन्दा धेरै ५२८ मत पाउन सफल भएका हुन् ।

भारतका नयाँ उपराष्ट्रपति धनखरको जन्म सन् १९५१ को मे १८ मा भारतको राजस्थान राज्यको झुन्झुनुमा सामान्य किसान परिवारमा भएको थियो ।

उनले विद्यालय तहको शिक्षा छत्तिसगढ राज्यस्थित सैनिक विद्यालयबाट पूरा गरेका थिए । उनले उच्च शिक्षामा भने भौतिकशास्त्र र कानुन अध्ययन गरेका हुन् ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ४ : ५२ बजे

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित