अफगानिस्तानमा ४ सयभन्दा बढी निजी विद्यालय बन्द « Khabarhub

अफगानिस्तानमा ४ सयभन्दा बढी निजी विद्यालय बन्द


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानका चार सयभन्दा बढी निजी विद्यालय बन्द भएका छन् । स्थानीय सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार आर्थिक, राजनीतिकलगायतका विविध कारणले ती विद्यालय बन्द भएका हुन् ।

निजी विद्यालयको संगठनका नेता जाभिउल्लाह फुक्वानीले गरिबीका कारण अभिभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्न छाडेको जानकारी दिए ।

त्यसैगरी, सरकारको निर्णयअनुसार कक्षा छदेखि १२ सम्म बालिकालाई विद्यालय जान निषेध गरिएकाले पनि विद्यार्थीहरूको सङ्ख्या घटेको उनको भनाइ छ ।

तालिबान सरकारका प्रमुख प्रवक्ता जाभिउल्लाह मुजाहिदले पनि धार्मिक कारणले छात्रालाई विद्यालय पढाउन नसकिएको स्पष्ट पारे ।

बालिकाहरूलाई विद्यालय जान दिनुपर्ने दबाब अधिकारवादी, लोकतन्त्रवादी र विभिन्न अन्तर्राष्ट्रिय निकायबाट आइरहेपनि तालिबान सरकारले अहिलेसम्म बेवास्ता गरिरहेको छ ।

मुस्लिम शरिया कानूनका कारणले बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको निर्णय फिर्ता लिन नसकिएको उनको भनाइ छ ।

अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको छ भने महिलालाई रोजगारीबाट बञ्चित गरिनुका साथै घर बाहिर एक्लै हिँड्न नपाइने व्यवस्था गरिएको छ ।

यस व्यवस्थाका विरुद्धमा सर्वत्र आवाज उठेपनि तालिबान प्रशासनले भने अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ५ : ५० बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ