'लोकतन्त्रमा मात्रै विरोध गर्न पाउने अधिकारको संरक्षण हुन्छ'  | Khabarhub Khabarhub

‘लोकतन्त्रमा मात्रै विरोध गर्न पाउने अधिकारको संरक्षण हुन्छ’ 


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतन्त्रमा मात्रै विरोध गर्न पाउने अधिकार संरक्षण हुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको पूर्व सन्ध्यामा ‘सामाजिक परिवर्तन र मानवअधिकारका लागि युवा’ विषय अन्तर्गत एमनेस्टि इन्टरनेसनल नेपालले काठमाडौंमा आयोजना गरेको प्रोटेक्ट द प्रोटेस्ट (विरोधको संरक्षण गरौं) कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन् ।

मानव अधिकारका लागि व्यक्तिको मर्यादा (ह्युमेन डिग्नीटी) महत्वपूर्ण हुने र डिग्नीटी व्यक्तिको सार्वभौमिकतासँग जोडिएको हुने भएकाले व्यक्ति सार्वभौम हुन अथवा व्यक्तिको डिग्नीटी बचाउन भोक र भएबाट मुक्त हुन आवश्यक रहेको महरको भनाइ थियो ।

सामाजिक परिवर्तन, न्याय, मानवअधिकार र विधिको शासन स्थापनका लागि युवा पुस्ताको सहभागिता तथा भूमिका महत्वपूर्ण हुने महरले बताए । ‘युवा निर्भय हुन्छ । आँटिलो हुन्छ । मन, मस्तिष्कमा अरुले गरेको अन्यायप्रति उदाशीन रहन मन लाग्दैन । त्यो युवाले मानव अधिकारका बारेमा बोल्नुपर्दा दुई/तीन कुरा ख्याल गर्नुपर्छ जस्तो मलाई लाग्छ । ह्युमन डिग्नीटीसँग मानिसको सार्वभौमिकता जोडिएको हुन्छ । सार्वभौमिकता जोगाउन दुई वटा कुरा आवश्यक छ । भोक र भयबाट मुक्त हुन युवा मुक्त हुन आवश्यक छ,’ उनले भने।

‘फरक विचार र दृष्टिकोण राख्नु, चित्त नबुझेको वा सैह्य तथा न्यायोचित नलागेको सवालमा विरोध जनाउनु प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको विषय हुँदाहुँदै पनि पछिल्लो समय विभिन्न अतिक्रमण र दमनका कारण विरोधको अधिकार माथि प्रहार भइरहेकोले युवाहरूले आफ्नो जोशपूर्ण सक्रियता र सामाजिक परिवर्तनका साथै आफ्नो वैकल्पिक प्रस्ताव र युवाको फरक दृष्टिकोण निर्भयका साथ राख्न छोड्नु हुँदैन,’ उनले भने ।

लोकतन्त्रको चौथो लहरसँगै मानिसका आवश्यकता बोध भए अनुसार अधिकारहरू पनि थपिँदै गएका र यो चौथो लहरमा पहिचानसँग सम्बन्धित अधिकार, उत्तर आधुनिक विकास, जलवायु परिवर्तनलगायत थुप्रै विषय थपिँदै गएको महर बताउँछन् । थुप्रै युरोपियन मुलुकमा त झन ‘युथनेसिया’ मर्न पाउने अधिकारको मागसमेत उठ्न थालेकोले युवाले इनोभेटिभ आइडियासहितको प्रोटेस्ट गर्नुपर्नेमा महरको जोड् छ ।

युवा दायित्व नभएर सम्पत्तिका रुपमा हुनुपर्ने र युवा इन्जिनका रुपमा रहनुपर्ने महरले बताए । सबै जसो अधिकारको प्राप्तिका लागि र प्रोटेक्सप्रोटेक्टका लागि अधिकार अनिवार्य हुने उनले बताए ।

महरले आफ्नो कर्तव्य पालना नै मानव अधिकारको पहिलो खुड्किलो भएको समेत बताए । महरले इनोभेटिभ रुपमा समाजमा योगदान पुर्‍याउनसक्ने युवा अहिलेको आवश्यकता रहेको बताए । उनले अहिले सामाजिक युग भएकाले युवाहरूले आफूलाई त्यही अनुरुप अघि बढाउनुपर्ने औंल्याए ।

‘अहिले हामीले रोजगारीको अधिकार, खाध्य सुरक्षाको अधिकार, स्वास्थ्यको अधिकारलाई नेपालको संविधानमा राखेका छौं । यो अधिकारको पूर्ति नभइकन डेमोक्रेसीले काम गर्न सक्दैन । त्यसैले यी सबै अधिकारको उपलब्धता डेमोक्रेसीमै हुन्छ,’ महर भन्छन् । विरोध सधैँ रचनात्मक हुनुपर्ने महरले बताए । रचनात्मक विरोधले सधैँ राज्यलाई सहयोग गर्ने उनको धारणा छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ६ : २३ बजे

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

स्वास्थ्य सचिवमा विकास देवकोटाकाे बढुवा

काठमाडौं – स्वास्थ्य सचिवमा विकास देवकोटा बढुवा भएका छन् ।

कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई

छोराको हत्या अभियोगमा दम्पती पक्राउ

मकवानपुर – छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका

डिला संग्रौलाकाे प्रश्न : पत्रकार आचारसंहिताको मापन गर्ने क्षेत्राधिकार कसको हो ?

काठमाडौं – नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभागकी संयोजक डा.