नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाए :परराष्ट्रमन्त्री खड्का « Khabarhub

नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाए :परराष्ट्रमन्त्री खड्का


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री डा. नारायण खड्का बिहीबार साँझ स्वदेश फर्किएका छन् ।

चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणमा चीन गएका मन्त्री खड्का बिहीबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किए लगत्तै त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले आफ्नो चीन भ्रमण सफल भएको बताए ।

नेपाल र चीनबीच विगतमा भएका सहमति र सम्झौतालाई गति दिन दुवै पक्ष तयार रहेको उनको भनाइ छ । मन्त्री खड्काले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएको बताए  ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको जनाएको स्वदेश फर्किएपछि जारी गरिएको प्रेस नोटमा खड्काले उल्लेख गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा घोषणा भएको ३.५ बिलियन चिनियाँ युआन सहयोगको उपयोगबारे  कुरा भएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ९ : ४७ बजे

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी