सत्ता गठबन्धन कार्यदल बैठक : सिट बाँडफाँडका आधारबारे छलफल « Khabarhub

सत्ता गठबन्धन कार्यदल बैठक : सिट बाँडफाँडका आधारबारे छलफल


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता गठबन्धनको कार्यदलले आगामी निर्वाचनमा सिट बाँडफाँटका विभिन्न आधारबारे छलफल गरेको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलहरुकाबीचमा सिट बाँडफाँटका विभिन्न आधारहरुबारे छलफल भएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार सिट बाँडफाँटका विभिन्न आधारबारे छलफल भएको छ ।

गत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फको सिट, उक्त निर्वाचनमा समानुपातिकतर्फ पाएको मत, वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम, शीर्ष नेताहरुको सुनिश्चितता लगायतलाई आधार मानेर छलफल गरेको उनको भनाइ छ ।

आज छलफल भएका आधारहरुका बारेमा आ-आफ्नो दलमा छलफल गरेर पुनस् बैठक बस्ने सहमति भएको उनको भनाइ छ । बैठक साउन ३० गते बस्ने जनाइएको छ ।

समितिलाई साउन मसान्तभित्र तालमेलको मोडालिटी तय गर्ने जिम्मेवारी दिइएको छ । गठबन्धनका शीर्ष नेताको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा कांग्रेसबाट गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् । भने नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ छन् । यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा रहेका छन् । कार्यदलको संयोजकमा कांग्रेस नेता सिटौला रहेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  १० : २७ बजे

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी