गर्भावस्थाको सुरुदेखि डाक्टरको सल्लाह लिनुपर्छ | Khabarhub Khabarhub

गर्भावस्थाको सुरुदेखि डाक्टरको सल्लाह लिनुपर्छ

'अमिलो पिरो धेरै नखाने'


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय गर्भावस्थाको बारेमा महिलाहरुको चाँसो बढेको छ । बच्चा जन्माउने तयारीदेखि गर्भावस्थाको जोखिम र त्यसका लागि गर्नुपर्ने तयारीका विषयमा पनि दम्पतिमा चाँसो बढेको पाइन्छ । यसले सुरक्षित गर्भवस्थाको तयारी र स्वस्थ्य बच्चा जन्माउन ठूलो सहयोग गर्छ । महिलाहरुको गर्भावस्थाको तयारी, गर्भावस्थाको बेला आउने समस्या र त्यसबाट बच्न अपनाउनुपर्ने होशियारीका विषयमा प्रजनन् रोग विशेषज्ञ डा.विभूति शाहीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

गर्भावस्थामा कस्तो कस्तो समस्या धेरै देखिन्छ ?
गर्भावस्थामा तीन वटा समय हुन्छ । पहिलो सुरुको तीन महिना । त्यसपछि १३ हप्तादेखि २८ हप्तासम्मलाई दोस्रो समय । २८ हप्तादेखि ४० हप्तालाई तेस्रो समय भनिन्छ । त्यसमा समस्या भनेको ५० देखि ६० प्रतिशत महिलालाई वाकवाक लाग्ने, खान मन नलाग्ने, छिन छिनमा पिसाब लाग्ने र पिसाबमा इन्फेक्सन हुने हुन्छ । दोस्रो अवस्था गाउँतिरको माहिलामा रगतको मात्रा कम हुँदा गर्भवती हुने बेला जुकाको औषधिहरू नखानाले हुन्छ । पछि अन्तिममा कसैको प्रेसर हाई हुने सुगर हुने रगत बग्ने पनि हुन्छ ।

यो समस्या महिलाले केयर नगरेर वा खानेकुरामा कमी भएर हुन्छ या हर्मनको कारणले हुन्छ ?
गर्भावस्थामा वाकवाक हुने खान मन नलाग्ने हुनु हर्मनको कारणले पनि हुन्छ । पौष्टिक आहारको कमी भएर पनि रगतको मात्रा कम हुन्छ गाउँघरमा या अरू ठाउँमा धेरै खानेकुराहरू नखाँदा पनि पौष्टिक आहार नपुगेर पनि एनिमिया हुन्छ । समय समयमा जुकाको औषधि खाँदैनौँ । वर्षमा २ पटक जुकाको औषधि खायो भने पछि गएर गर्भवतीमा एनिमिया हुँदैन । पछिल्लो समय यो डब्ल्युएचओले गाउँघरतिर नेपालका हरेक जिल्लामा फोलिक एसिड र आइरन फ्रीमा बाँड्नु भएको रहेछ । महिलाहरूमा २६ हप्तासम्म दिनु भएको रहेछ । त्यसले पछि गएर महिलाहरूमा एनिमिया हुने महिलाहरूमा महिनावारीमा धेरै रगत बग्ने हुन्छ, त्यसलाई यसले रोक्छ ।

यो खादा कस्तो फाइदा हुन्छ ?
बाहिर गरेको अध्ययन अनुसार महिनावारि सुरु हुँदा पहिलो वर्ष धेरै बच्चीहरूमा धेरै रगत जाने समस्यालाई आइरनले रोक्छ । र, यो फोलिक एसिड दिँदा पनि पछि गएर १४/१५ वर्ष मा गर्भवती भए पनि कुनै असर गर्दैन ।

गर्भावस्थाको स्याहारमा पर्ने कुराहरू के–के हुन् ?
स्वयम सेविकाहरूले ठाउँ ठाउँमा गएर जनचेतना जगाउनु पर्याे । गर्भवती हुनु भन्दा ३ महिना पहिला नै फोलिक एसिड खायो भने बच्चा पछि गएर स्वस्थ हुन्छ । दोस्रो पटक गर्भवती भएको महिलामा पहिला कस्तो समस्या भएको थियो त्यही अनुसार जाँच गर्नुपर्छ ।

पोषिलो खानामा के–के पर्दछ र कसरी मिलाएर खाने त ?
बाहिरको खाना नखाने सकेसम्म घरको नै खाना खाने तरकारीहरू फलफूल धेरै खाने गर्नुपर्छ । अमिलो पिरो धेरै नखाने । खानेकुरामा धेरै प्रोटिन भएको गेडागुडीको रसहरू खाने । धेरै पानी खाने ३ देखि ४ लिटर खाने । घण्टामा १ गिलासको आधारले पानी खाने । ४ घण्टामा खाना खाने, चिनी, भात र आलु कम गर्ने ।

कतिपयलाई खान मन नलाग्ने खाए पनि पेटमा नरहने वान्ता हुने हुन्छ, यस्तो अवस्थामा कसरी खाने ?
प्रायलाई यो वान्ताको समस्या हुन्छ । त्यस्तोले सुख्खा कुरा खाने, चिउरा दही खान सकिन्छ । सधैँ वाक वाकी आउने भयो भने अदुवा हल्का पोलेर दिनभरि चुसेर खाँदा त्यसले पनि कम गर्छ ।

पेटबाहिर धेरै देखियो भनेर पटुका टाइट पारेर राखेको हुन्छ, त्यसले शिशुलाई असर गर्छ कि गर्दैन ?
त्यसले बच्चालाई असर गर्दैन । बच्चा पाठेघरभित्र रहन्छ । त्यसमा पर्याप्त मात्रामा पानी भयो भने असर गर्दैन ।

कस्तो लक्षण देखियो भने धेरै जोखिम हुन्छ ?
पहिला अस्पतालमा जाँदा पहिला प्रेसर जाँच गरिन्छ । कसैको एकदमै प्रेसर हाई भयो सुगर छ भने त्यस्तोलाई हामीले सुरुदेखि नै राम्रो सँग उपचार गछौँ । २० हप्तापछि टाउको दुख्ने, खुट्टा सुनिने भयो । आँखा धमिलो जस्तो भयो । माथिल्लो पेटमा पोल्ने जस्तो भयो भने तुरुन्त अस्पताल जानु पर्दछ ।

यस्तो जोखिम देखिएको अवस्थामा घर परिवारको कस्तो भूमिका रहन्छ ?
घर परिवारले आफ्नो छोरी बुहारी जो गर्भवती भएपछि काम र खानामा विशेष ध्यान दिनु पर्दछ ।

बच्चा कम तौल भएको जन्मियो भन्ने सुनिन्छ यसको वास्तविकता के हो ?
महिलाले खानामा र आराम पुगेन भने मानसिक तनाव भएर बच्चामा रगतको मात्रा पुग्दैन बच्चाको तौल थोरै हुन्छ । खानपिनमा ध्यान गर्ने १० देखि १५ मिनेट व्यायाम गर्ने साल सबै ठिक ठाउँमा छ भने दिनमा १० मिनेट हिँड्न सकिन्छ ।

आमा र बच्चामा कुनै समस्या नआओस् भनेर के–के गर्दा राम्रो हुन्छ ?
गर्भवती भएपछि सुरुमा नै डाक्टरकोमा गएर सल्लाह लिनु भयो भने सुरुबाट नै के खाने कसरी खाने भनेर यो ९ महिनामा जम्मा ११ किलो तौल बढ्नुपर्दछ । सुरुको तीन महिनामा १ किलो बढ्छ । त्यसपछि पाँच किलो र त्यसपछि ५ किलो गरेर बढ्छ । त्यो भन्दा ३ देखि ४ किलो तलमाथि भएर फरक पर्दैन । डाक्टरले हाइट हेरेर मिलाउनु हुन्छ । अर्को नियमित फ्लोअप गर्नु पर्दछ । नियमित आइरन क्याल्सियम खाने, टीटिको खोप लगाउने भिडियो एक्स–रे गर्ने गर्नुपर्छ ।

[प्रस्तुति : पुष्पाञ्जली बस्नेत]

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ७ : ०३ बजे

जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि

काठमाडौं– भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा मारिने नेपालीको पहिचान

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ

नेरुडे मिर्मिरे लघुवित्तले बोनस नदिने 

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१

भारतीय विद्युतमन्त्री खट्टरबाट मुक्तिनाथमा पूजार्चना

मुस्ताङ– भारतका विद्युत तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ

जम्मु कश्मीर घटनामा नेपाली परेको विवरण पुष्टि गर्ने प्रयासमा छौँ : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य