समता फुटबल प्रतियोगिता : नमस्ते सुपरको विजयी सुरुवात « Khabarhub

समता फुटबल प्रतियोगिता : नमस्ते सुपरको विजयी सुरुवात


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेलमा सुरु भएको समता फुटबल प्रतियोगितामा नमस्ते सुपर खोटाङ यातायात प्रालिले विजयी सुरुवात गरेको छ ।

समता फुटबल क्लवको आयोजनामा शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा सुरु गरिएको खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पछि पार्दै नमस्ते सुपर खोटाङ यातायात प्रालिले विजयी सुरुवात गरेको हो । नमस्ते सुपर खोटाङ यातायात प्रालिले २ गोल गर्दा नगरपालिकाले कुनै पनि गोल गर्न सकेनन् ।

आइतबार तीन वटा खेल हुने छन् । पहिलो खेल बिहान ११ बजेर ३० मिनेटदेखि योङ व्वाइज फुटबल क्लव र खोटाङ सिमपानी क्लवबीच हुने समता फुटबल क्लव सचिव सुमन हिङमाङले बताए ।

यस्तै, दिउँसो साढे १ बजेदेखि बाम्राङ फुटबल क्लव र नेर्पा स्पोर्टस् क्लव तथा साढे तीन बजेदेखि इन्द्रेणी पोखरी सामाजिक विकास क्ल्व र युवा जागरण क्लवबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले प्रतियोगिता उद्घाटन गरेका थिए ।

प्रतियोगितामा जिल्लाका क्लव, वडा र संघसंस्था गरी १७ टिमको सहभागीता रहेको समता फुटबल क्लवका अध्यक्ष डिके दिनेशले जानकारी दिए । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ५१ हजार १११, दोश्रो स्थान प्राप्त गर्ने टिमले २७ हजार ७७७ र तेश्रो स्थान प्राप्त गर्ने टिमले १२ हजार ५५५ रुपैयाँकाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, सर्वाधिक गोलकर्तालाई नगद तीन हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डरलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ६ : २६ बजे

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित

सभामुख अर्याल र अध्यक्ष दाहालबीच पहिलो औपचारिक भेटवार्ता

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार