गण्डकीको समृद्धिको लागि फेरि मुख्यमन्त्री बन्छु : गुरुङ « Khabarhub

गण्डकीको समृद्धिको लागि फेरि मुख्यमन्त्री बन्छु : गुरुङ


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ – गण्डकीका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बन्ने बताएका छन्।

शान्तिटोल तमु आमा तथा बाबा समूह बेसीशहर ७ मा निर्मित भवनको शनिबार उद्घाटन गर्दै गुरुङले प्रदेशको विकासको लागि आफू पुनः मुख्यमन्त्री बन्ने योजना सुनाए।

अर्को एक प्रसंगमा नेता गुरुङले ३३ प्रतिशत महिला प्रतिनिधित्व भएको नेपालको संविधान २०७२ युरोप अमेरिका जस्ता समृद्ध राष्ट्रहरूको भन्दा अब्बल भएको दाबी पनि गरे।

‘संघीय शासन नआएको भए मधेशी, जनजाति समुदायका मानिस मुख्यमन्त्री बन्न सक्ने आधार नै थिएन’, उनले भने। संघीयताका कारण गाउँ गाउँसम्म ठूलो बजेट विनियोजन गर्न सकिएको उनले बताए। नेता गुरुङले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पार्टी भन्दा पनि विकास प्रेमी नेतालाई जिताउन आग्रह गरे।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ७ : ४४ बजे

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं – गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल