बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन्। पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन्। बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. सहमति जुटाउन शीर्ष नेताहरू छलफलमा
सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरू बालुवाटारमा आज पनि छलफलमा जुटेका छन्। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गरेर जाने सहमति गरे पनि सत्ता गठबन्धनमा कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्ने विषय टुंगिएको छैन। ११ सदस्यीय कार्यदल बनाएर दलहरूले एक महिना छलफल गरे पनि सिट बाँडफाँटको विषय टुंगिन नसकेपछि शीर्ष नेताहरूबाटै सिट बाँडफाँट टुंग्याउने तयारी छ।

२. महाअभियोग सिफारिस समितिको बैठक आज पनि
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ। बैठक मध्यान्ह साढे १२ बजे सिंहदरबारमा बस्नेछ।  आजको बैठकमा पनि निलम्बित प्रधानन्यायाधीश जबराले बयान दिने कार्यसूची छ। समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अहिलेसम्म ११ वटा प्रश्नको मात्र जवाफ दिएका छन्।

३. दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण सुरु गरिने
दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण सुरु गरिने भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो। अविरल वर्षासँगै अस्ती रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति गरेको छ।

४.  म्यादी प्रहरीको भर्ना खुल्यो
नेपाल प्रहरीले आसन्न निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुला गरेको छ। प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड अनुसार एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्ने जनाइएको छ।

५. नवलपरासीको छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट १३ लाखको क्षति
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुँदा रु १३ लाख बढीको क्षति भएको छ। गए राति भएको उक्त आगलागीको घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। आगलागीबाट किराना पसलको सामान, फ्रिजलगायतको सामग्री जली करिब रु छ लाख बराबरको क्षति भएको जनाइएको छ। त्यस्तै गए राति नै देवचुली–१३ को भाजियापुरी टोलस्थित आशाको किरण शिशु स्याहार केन्द्रको भवनमा विद्युत्को तार सर्ट भएर आगलागी भएको छ।

६. बुटवलबाट बेपत्ता भएका तीन बालक मुम्बईमा फेला
रुपन्देहीको बुटवलमा शुक्रबार विद्यालय जान निस्किए सँगै बेपत्ता भएका तीन जना बालक भरतको मुम्बईमा फेला परेका छन्।  बुटवल उपमहानगर पालिका वार्ड–११ न्यु दर्गानगर बस्ने वर्ष १४ का सागर पौडेल, वर्ष १५ का प्रदीप पन्थी र वर्ष १६ का समीर लम्साल मुम्बइबाट आफन्तले सम्पर्कमा आएका हुन्। बालकहरू भारतको मुम्बईमा भेटिएको १५ बालक सागरका मामा राजु पन्थीले जानकारी दिए।

७. सोह्र श्राद्ध सुरु
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ। आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान २ बजेर १९ मिनेटसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो।

८. पपुवान्यूगिनीमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प
पूर्वी पपुवा न्यू गिनीमा आइतबार बिहान ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार करिब १० बजे गएको शक्तिशाली भूकम्प सँगै अमेरिकी भूगर्भ सर्वेक्षणले सुनामीको चेतावनी जारी गरेको थियो। यूएसजीएसले भूकम्प कयानन्टु शहरबाट ६७ किलोमिटर टाढा ६१ किलोमिटर गहिराइमा आएको बताएको छ। भूकम्पका कारण तटीय सहर मदाङ र थप भित्री क्षेत्रका अधिकांश भवनमा क्षति पुगेको छ।

९.एसिया कप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलंका भिड्दै 
युएईमा जारी एसिया कप क्रिकेटको फाइनल खेल आज हुँदैछ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलमा पाकिस्तान र श्रीलंकाबीच  प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ। सुपर चारमा अपराजित रहँदै श्रीलंका फाइनल पुगेको हो।

१०. इगालाई युएस ओपनको उपाधि
विश्व नम्बर एक इगा स्वेटेकले युएस ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छन्। पोल्याण्डकी इगाले ट्युनिसियाकी पाँचौं वरीयता प्राप्त ओन्स जाबेउरलाई हराउँदै उपाधि जितेकी हुन्। न्युयोर्कमा भएको फाइनलमा इगाले जाबेउरलाई ६–२ र ७–६ र (७–५) ले पराजित गरिन्। इगाले पहिलो पटक युएस ओपनको उपाधि जितेकी हुन्। इगाको यो तेस्रो ग्रान्डस्लाम उपाधि हो। यस अघि इगाले दुई पटक फ्रेन्च ओपन जितेकी थिइन्।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १० : ०१ बजे

पठन संस्कृतिले बौद्धिक चेतना, ज्ञान र सूचना प्राप्त हुन्छ : सभामुख घिमिरे

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पठन संस्कृतिले व्यक्तिको चेतना,

सुदूरपश्चिमका बिरामीलाई निःशुल्क रगतको सुविधा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा उपचार गर्ने

लिङदेन नेतृत्व असफल भएको राप्रपा शीर्ष नेताको निष्कर्ष, पूर्वराजा पनि असन्तुष्ट

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व

२०२४ मा टाटा पन्च भारतमा सर्वाधिक बिक्री हुने कार बन्यो

काठमाडौं – २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार

क्याम्पस प्रमुखको दौडमा रहेका प्राध्यापकलाई ‘बौद्धिक चोरी’ आरोप

काठमाडौं- सानोठिमी क्याम्पसक प्रमुखको दौडमा रहेका एकजना प्राध्यापकलाई बौद्धिक चोरीको