‘मिटरब्याजीले पीडितका छोरीचेलीमाथि पनि शोषण गरे’    « Khabarhub

‘मिटरब्याजीले पीडितका छोरीचेलीमाथि पनि शोषण गरे’   


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मिटरब्याजीहरुले प्रतिकूल परिस्थिति बनाएर पीडितका छोरीचेलीमाथि पनि शोषण गरिरहेको बताएका छन्। शनिबार भंगाहा नगरपालिकामा मिटरव्याजी पीडितहरूको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले साहुकारहरुले विपन्न नागरिकलाई दिएको पीडालाई महसुस गरी सदनमा पनि पीडितहरूको विषयमा आवाज उठाएको बताए। ‘हामीले आवाज उठाएपछि सरकारले मिटरव्याजीलाई अपराधीको सूचीमा राखेको छ,’ उनले भने, ‘मिटरब्याजीहरूको अत्याचारको विषयमा डटेर लागिपरेका छौं।’

नेता पोखरेलले अदालतको फैसलाप्रति पनि प्रश्न उठाए। अदालतबाट फैसला गर्दा पीडित झन् पीडित भएको भन्दै उनले ध्यानाकर्षण गराए। उनले अदालतको फैसलाका कारणले पीडितहरू साहुकारबाट भाग्नुपर्ने अवस्था आएको भन्दै अदालतलाई निष्पक्ष फैसलाको लागि आग्रह गरे।

मिटरव्याजीहरूको विषयमा सदन र मिडियाबाट निक्कै आवाज उठेपछि सरकारले अहिले देशैभरिका पीडितहरुलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न अनुरोध गरेको छ। मिटरव्याजी पीडित संघर्ष समितिका अनुसार देशभर १०औं हजार पीडित भए पनि अहिलेसम्म २३ सयले मात्र आवेदन दिएका छन्।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १० : ०५ बजे

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

नेपाली सेनाको ९६ जना सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित रणशेर गण सूर्यविनायक ब्यारेकमा आज नौ

पश्चिम नवलपरासीमा व्यावसायिक मेवाखेती सुरु

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा अर्ग्यानिक मेवाखेतीबाट प्रशस्त आम्दानी

आईपीएल : आरसीबीविरुद्ध गुजरातको शानदार सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा

अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएका इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

पर्सा – सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैध रूपमा भारतबाट