लाखे नाच ब्युँताउन जुटे लमजुङका युवा | Khabarhub Khabarhub

लाखे नाच ब्युँताउन जुटे लमजुङका युवा


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेवार समुदायको मौलिक परम्परा हो, लाखे नाच। लाखेको भेष पहिरिएर नाचिने  परम्परागत लाखे नाचले धेरैको ध्यान खिच्ने गर्दछ। ढलकी, सहनाइ झ्यालीको तालमा मुखुण्डो पहिरिएर नाचिने लाखे नाच निकै रोचक मानिन्छ।

मनोरञ्जनका साथै मौलिकता बोकेको तर पछिल्लो समय हराउँदै गएको लाखे नाचलाई जोगाउन अहिले लमजुङका नेवार समुदाय र यस समुदायका युवा पुस्ता जुटेका छन्।  विगतमा लमजुङमा गाउँ र टोल बजारमा लाखे नाच्ने चलन थियो। लाखे नाच हेर्नेको पनि घुइँचो लाग्दथ्यो। बीचका केही वर्ष कोरोना लगायतका विविध  कारणले पहाडी जिल्ला लमजुङमा लाखे नाच गाउँ, टोल बजारमा देखाइएन।

स्थानीयहरु भने आशा गरेअनुसार नयाँ पुस्ताको चासो र चिन्ताको अभावमा यो मौलिक संस्कृति हराउँदै जान थालेको हो कि १ भन्नेमा चिन्तित थिए। तर, यो मौलिक संस्कृतिको थप उजागर र संरक्षणमा अहिले लमजुङका नेवार समुदायका युवा लागि परेका छन्।

लाखे नाच संरक्षणका लागि नेवार समुदायका साथै अन्य समुदायका नयाँ पुस्तालाई पनि आवश्यक ज्ञान, सिप सिकाइनुका साथै विभिन्न पर्व, अवसरमा लमजुङ, तनहुँ, गोरखा र कास्की लगायतका जिल्लाका नागरिकलाई समेत समेटी लाखे नाच प्रतियोगिता समेत सञ्चालन गर्ने गरिएको नेवा खल सुन्दरबजार नगरपालिकाका अध्यक्ष नवराज श्रेष्ठले बताए।

लाखे नाचको आफ्नै धार्मिक एवम् सांस्कृतिक महत्त्व छ। तिथिअनुसार मनाइने लाखे नाच हरेक वर्ष नाग पञ्चमीबाट सुरु भई तीज पञ्चमीमा अन्त्य गरिने र यस अवधिमा पर्ने जनैपूर्णिमा, कृष्णअष्टमी र कुशे औँसी लगायतका पर्वमा पनि विशेष रुपमा लाखे नाच देखाइने परम्परा रहेको बेसीसहर नगरपालिका–११ चितीका अमृतकुमार श्रेष्ठले बताए।

यसवर्ष पनि ती पर्वको अवसरमा लमजुङमा लाखे नाच देखाइएको थियो। लाखे नाच्ने, लाखे नाचका लागि ढलकी, झ्याली बजाउने, र्‍यालीमा सहभागी हुनेमा युवापुस्ताको बाक्लै उपस्थिति देखिन्थ्यो।

पछिल्लो समय लाखे नाच लगायतका मौलिक संस्कृति संरक्षणमा पाको पुस्तालाई लमजुङका युवाहरूको पनि साथसहयोग मिलेको छ। लमजुङे युवाहरू मौलिक संस्कृति संरक्षणमा प्रत्यक्ष रुपमा जुटिरहेका र यसले संस्कृति संरक्षणमा थप जोड पुगेको लमजुङ सुन्दरबजार नगरपालिका–९, भोटेओडारका युवा सरोजकुमार श्रेष्ठले बताए।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १० : ५९ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी