राष्ट्रियसभाको बैठक पनि बुधबारका लागि सारियो | Khabarhub Khabarhub

राष्ट्रियसभाको बैठक पनि बुधबारका लागि सारियो


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाको बैठक सारिएको छ।

आज दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको संसद सचिवालयले जनाएको छ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सचिव फुयाँलले जानकारी दिए।

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने सरकारको निर्णयपछि संघीय सदनका कारण दुवै बैठक बुधबारलाई सारिएको हो।

आइतबार, सोमबार र मंगलबार राष्ट्रिय शोक मनाइँदैछ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ११ : २४ बजे

वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक

धनगढी– गृहमन्त्री रमेश लेखकले समृद्ध नेपालका लागि हालसम्म भएका परिवर्तनहरूको रक्षा

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ

विश्वास गुमाउँदै ओली सरकार, प्रतिपक्षी बेञ्चमा बस्ने नाउपाको तयारी

काठमाडौं– संघीय संसद्का दुई ठूला दल मिलेर गठन भएको नेकपा

‘नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक अगाडि बढाऔँ’

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक

मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार