कहिलेसम्म छ इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद ? « Khabarhub

कहिलेसम्म छ इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद ?


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इस्टर्न हाइड्रोपावरले आइपीओमा आवेदन दिने म्याद मंगलबार मात्र छ । यसले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्बाएर २८ भदौसम्म पुर्याएको हो ।

कम्पनीले ७ भदौबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपीओ बिक्री खुला गरिरहेको छ । इस्टर्नले एक सय रुपैयाँ अंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

यसले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको हो ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आइपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १२ : ४६ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना