फाइल फोटो

अपराध

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ    

By खबरहब

September 11, 2022

कास्की- पोखरा महानगरपालिका–१३ ऐश्वर्या टोल बस्ने ४४ वर्षीया सूर्य कुमारी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनलाई प्रहरीले पक्राउ गरेको छ ।

सूर्य कुमारी लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार २ सय ५५ हजार रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।