चार्ल्स तृतीय अष्ट्रेलिया र न्युजिल्याण्डको राजा घोषित « Khabarhub

चार्ल्स तृतीय अष्ट्रेलिया र न्युजिल्याण्डको राजा घोषित


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चार्ल्स तृतीयलाई अष्ट्रेलिया र न्युजिल्याण्डको पनि राजा घोषित गरिएको छ । बेलायतसहित १४ वटा मुलुकको राष्ट्रप्रमुख रहेका चार्ल्सलाई औपचारिक रुपमा अष्ट्रेलिया र न्युजिल्याण्डको राजा घोषित गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

न्युजिल्याण्डको राजधानी वेलिङ्टनस्थित संसद् भवनमा चार्ल्सलाई राजा घोषित गरिएको हो । नयाँ राजा घोषणा समारोहलाई सम्बोधन गर्दै न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले अब महारानी एलिजावेथ द्वितीयका छोरा ‘श्री ५ महाराज चार्ल्स तृतीय हाम्रा सार्वभौम’ रहेको बताएकी हुन् ।

प्रधानमन्त्री आर्डेनले महारानीको निधनबाट न्युजिल्याण्ड ‘परिवर्तनको समयमा प्रवेश गरेको’ समेत टिप्पणी गरिन् ।

‘राजा चार्ल्सले अविच्छिन्न रुपमा हाम्रो राष्ट्रप्रति स्नेह दर्शाउनुभएको छ ।’ प्रधानमन्त्री अर्डेनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ, ‘यस सम्बन्धलाई हाम्रा जनताले धेरै महत्व दिएका छन् । मलाई शंका छैन, यो अझ गहिरो हुनेछ ।’

यता अष्ट्रेलियामा भने बेलायती राजाका प्रतिनिधि गभर्नर जनरल डेभिड हर्लीले चार्ल्सलाई अष्ट्रेलियाका नयाँ राजा घोषणा गरेका छन् । राजधानी क्यानबेरास्थित संसद् भवनमा चार्ल्सलाई नयाँ राजा घोषित गरिएको हो ।

घोषणा समारोहमा २१ तोप पड्काए नयाँ राजालाई सलामी दिइएको थियो ।

यसअघि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सेप्टेम्बर २२ मा महारानीको निधनमा शोक मनाइने एवम् त्यसदिन सार्वजनिक विदा दिइने घोषणा गरेका थिए ।

प्रधानमन्त्री अल्बानिजले आफू बिहीबार लण्डन प्रस्थान गर्ने र सेप्टेम्बर १९ मा आयोजना हुने महारानीको अन्त्येष्टीमा सहभागी भई सेप्टेम्बर २१ मा स्वदेश फर्कने समेत जानकारी दिएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ३ : ३८ बजे

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण

चितवनको ३८ प्रतिशत जमिन सिँचाइविहीन

चितवन– जिल्लामा खेती भइरहेको ३८ दशमलव २ प्रतिशत जमिनमा अझै

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

टक्सार– भोजपुरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटमा

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

काठमाडौं– नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको