सेप्टेम्बर ११ : अमेरिकी इतिहासको कालो दिन « Khabarhub

सेप्टेम्बर ११ : अमेरिकी इतिहासको कालो दिन


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो । सन् २००१ को सेप्टेम्बर ११ मा आङ्कवादी संगठन अल कायदाका आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई नियन्त्रणमा लिएर आत्मघाती हमला गराएका थिए ।

विश्वको सर्वशक्तिमान मुलुक अमेरिकी भूमिमा गराइएको यस हमलाले विश्वलाई नै आश्चर्यचकित एवम् स्तब्ध पारेको थियो ।

विशेष तालिमप्राप्त ती आतङ्कवादीको समूहले चार वटा व्यवसायिक विमानलाई अपहरण गरी न्युयोर्क सहर र राजधानी वासिंगटन, डिसीका महत्वपूर्ण भवनमा ठोक्काएका थिए । दुई विमानलाई न्युयोर्कस्थित विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा जोतिएको थियो ।

स्थानीय समयअनुसार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा विस्फोट गराइएको थियो । १६ मिनेटपछि दोस्रो टावरमा पनि विमान लगेर जोताइएको थियो ।

विस्फोटपछि टावरमा घन्टौँसम्म आागो लागेको थियो । ११० तले दुवै भवन ढलेर भग्नावशेषमा परिणत भएका थिए ।

९ बजेर ३७ मिनेटमा तेस्रो विमानलाई अमेरिकी रक्षामन्त्रालय रहेको भवन पेन्टागनमा जोतिएको थियो भने वासिंगटन डिसीतर्फ बढिरहेको अर्को विमान पेन्सालभेनियाको बीच आकाशबाट नै खसेको थियो ।

विमानमा रहेका अपहरणकारी र यात्रुबीच विमानभित्र भनाभन हँदा विमान बीच आकाशबाट जमिनमा खसेको हो ।

ती सबै हमलामा १९ आक्रमणकारीसहित २ हजार ९ सय ९६ जनाको मृत्यु भएको थियो । आक्रमणमा अर्बौ डलर क्षति भएको थियो । साउदी अरबमा जन्मेका ओसामा बिन लादेनको नेतृत्वमा रहेको आतङ्कवादी सञ्जाल अलकायदालाई सो हमलाका लागि जिम्मेवार ठहर गरिएको थियो ।

आक्रमणमा संलग्न अन्य १५ जना पनि साउदी अरबका थिए भने दुई जना युएई, एक जना इजिप्सियन र अर्का लेबनानका थिए । हमलाको तीन सातापछि अमेरिकाले अफगानिस्तानमा आतङ्कवादविरुद्धको युद्ध अन्तर्गत आक्रमण सुरु गरेको थियो ।

बिन लादेनलाई पत्ता लगाउन र अल कायदाको सञ्जाल ध्वस्त पार्न भन्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुस प्रशासनले अफगानिस्तानमा आक्रमण सुरु गरेका थियो ।

आक्रमणकारीलाई अफगानिस्तानमा त्यसबेला शासन गरिरहेको तालिबानले संरक्षण गरेको अमेरिकी आरोप थियो । अमेरिकी आक्रमणपछि अफगानिस्तानमा तालिबानको शासन पतन भएको थियो ।

अमेरिकी नेतृत्वको सो हमलामा अन्तर्राष्ट्रिय गठबन्धन सेनाले सहयोग गरेको थियो । सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाको कारवाहीमा बिन लादेनको मृत्यु भएको थिया ।

आतङ्कवादविरुद्धको दुई दशक लामो युद्धका क्रममा अफगानिस्तानमा तैनाथ अमेरिकी सेना भने गत वर्षको अगस्ट महिनामा स्वदेश फर्केको थियो ।

अमेरिकी सेना स्वदेश फर्किन नपाउदै तालिबानले अफगानिस्तानलाई पुनः कब्जा गरेको थियो । अहिले तालिबानले अफगानिस्तानमा अन्तरिम सरकार घोषणा गरिसकेको छ ।

२० वर्ष लामो लडाईँमा तालिबानसहित अल कायदा र आईएस जस्ता अतिवादी समूहका केही नेतालाई निशाना बनाउन सफल भए पनि अमेरिकाले खासै उपलब्धी पाउन नसकेको टिप्पणी गरिन्छ ।

अफगानिस्तानमा भएको युद्वमा २४ सय अमेरिकी सेनाको मृत्यु भएको छ  । त्यस्तै युद्धमा ६९ हजार अफगानीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ३ : ५७ बजे

विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी

नयाँदिल्ली– विश्वका सबैभन्दा तातो ७० सहरमध्ये सबै भारतका रहेका छन्।

निकुञ्जका वन्यजन्तुलाई नहरको पानी

चितवन– निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व