युक्रेनी प्रत्याक्रमण जारी, इजियम सहरबाट रुसी सेना पछि हटे « Khabarhub

युक्रेनी प्रत्याक्रमण जारी, इजियम सहरबाट रुसी सेना पछि हटे


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनी सेनाले रुसी कब्जामा रहेका भूभागलाई मुक्त गर्न प्रत्याक्रमणलाई जारी राखेको छ । प्रत्याक्रमणका क्रममा युक्रेनी सेनाले ठूलो भूभाग रुसी फौजको कब्जाबाट मुक्त गरेको बताइएको छ । हालै युक्रेनी सेनाको कारवाहीपछि रुसी फौज इजियम-खारकिभ मोर्चाबाट पछि हटेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

हाल इजियम सहर युक्रेनी सेनाको कब्जामा गएको बताइएको छ । रुसी सेनाका लागि यो गत मार्च महिनामा राजधानी किभबाट रुसी फौज फिर्ता भएयताको सबैभन्दा खराब हार भएको अर्थमा टिप्पणी गरिएको छ ।

युक्रेनी पक्षले भने यसलाई ६ महिनाभन्दा लामो समययता जारी युद्धमा ‘नयाँ मोड’ को संज्ञा दिएको छ ।

युक्रेनी सेनाको प्रत्याक्रमणबाट जोगिएर भागेका रुसी सैनिकहरुले ठूलो परिमाणमा गोलीगठ्ठाको सञ्चिती र अन्य सैनिक उपकरणहरु त्यसै छाडेको जनाइएको छ ।

इजियम सहरलाई युक्रेनमा आक्रमण गरिरहेका रुसी फौजले बन्दोबस्तीको आधार शिविरका रुपमा प्रयोग गर्दै आएका थिए ।

यता रुसको सरकारसञ्चालित रुसको तास समाचार संस्थाले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार मन्त्रालयले सैनिकहरुलाई त्यस क्षेत्रबाट पछि हट्न निर्देशन दिएको छ । रुसी रक्षा मन्त्रालयले ती सैनिकहरुलाई अन्य स्थानमा तैनाथ हुन निर्देशन दिएको जनाइएको छ ।

खारकिभमा रुसले नियुक्त गरेका प्रशासनका प्रमुखले स्थानीय बासिन्दाहरुलाई रुसतर्फ भागेर ‘ज्यान जोगाउन’ निर्देशन दिएका छन् । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै त्यस क्षेत्रमा रोयटर्सले भने रुसतर्फ जाने सडकमा लामो जाम रहेको जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ४ : २६ बजे

समयमै काम नसक्नेसँग ठेक्का तोड्दै सडक विभाग 

काठमाडौँ– सडक विभागले पटकपटक अवधि थप हुँदा पनि सम्पन्न नभएका

सर्पदंश उपचार केन्द्रलाई कोशी प्रदेशको सहयोग

उदयपुर– कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका–३

समयमै जडान भयो कालीपुल–बगरफाँट बेलीब्रिज

म्याग्दी- म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा

भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

चितवन – भरतपुर महानगरपालिकाले दुग्ध कृषकलाई अनुदान रकम हस्तान्तरण गरेको

तरकारी र फलफूलको आजको मूल्य कति?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको