सहकर्मीप्रति लाञ्छना लगाउन जबरा रोकिएनन् : मीन विश्वकर्मा  « Khabarhub

सहकर्मीप्रति लाञ्छना लगाउन जबरा रोकिएनन् : मीन विश्वकर्मा 


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले चौथो पटक आइतबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ ।

सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यालयमा आइतबार उनको बयान लिइएको हो । गत १ फागुनमा जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

संसदले गठन गरेको समितिले आइतबार जबरासँग भ्रष्टाचार, अनियमिततासहितका २४ वटा प्रश्न गरेको छ । समिति सदस्यहरूले अदालतमा भएका भ्रष्टाचार, अनियमितताका विषयमा प्रश्न गरेका समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।  तर, जवाफ दिने क्रममा जबराले सहकर्मी न्यायाधीशमाथि लाञ्छना लगाउने कार्य आइतबार पनि जारी राखेको विश्वकर्माले बताए ।

‘यसअघि जस्तै आज पनि उहाँले समकक्षी, सहकर्मीप्रति लाञ्छना लगाउने कार्य जारी राख्नुभयो,’ उनले भने, ‘उहाँकै बयानले पनि अभियोग पुष्टि गरिरहेको छ ।’

यसअघिका तीन बैठकमा ११ वटा प्रश्न गरेको समितिले आइतबार जबरासँग २४ वटा प्रश्नको जवाफ खोजेको छ । बयानका लागि ४३ वटा प्रश्न तयार गरेको समितिले ३५ वटा प्रश्न सोधिसकेको छ ।

जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो । उनले बयानका क्रममा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको औचित्य नै सकिएको दाबी गर्दै आएका छन् ।

गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ५ : २९ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान