काठमाडौँ- नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
नागरिकता विधेयक राष्ट्रको हितमा नरहेको र यसलाई खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले आइतबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् ।
सो क्रममा उनीहरुले नागरिकता विधेयक खारेज गर, नागरिकता बेच्न पाइँदैन, दलालहरु होसियार लगायतका नारा लगाएका थिए । अहिलेका नागरिकता विधेयकले विदेशीहरुलाई नागरिकता दिने बाटो खुल्ला हुने भएकाले खारेज गर्नुपर्ने अनेरास्ववियुको भनाई छ ।
यसअघि आइतबार नै नेविसंघले नागरिकता विधेयक पारित गर्नुपर्ने भन्दै त्रिचन्द्र क्याम्पस अगाडी नै प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया