निर्वाचन लक्षित अभियान सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे | Khabarhub Khabarhub

निर्वाचन लक्षित अभियान सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले निर्वाचन लक्षित अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्षसमेत रहेका उनले पार्टीको पक्षमा जनमत निर्माण गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

मुख्यमन्त्री पाण्डेले काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज भएको कार्यक्रममा विभिन्न नवप्रवेशीलाई पार्टीमा स्वागत गरे । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी ४० जना एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुली, खोटाङ, स्याङ्जा, दोलखा, पाँचथरसहित विभिन्न जिल्लाका नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका सो पार्टीले जनाएको छ ।

पार्टी प्रवेश गर्नेहरुमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ का नेकपा (एमाले)बाट निर्वाचत पूर्ववडाध्यक्ष छम्जी शेर्पालगायत रहेका छन् । नेपाल शेर्पा सङ्घ समाजवादीको समन्वयमा उक्त कार्यक्रम भएको हो ।

नेपाल शेर्पा सङ्घ समाजवादीका अध्यक्ष आङ खाङदु शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य पासाङ शेर्पा, पार्टीका केन्द्रीय सदस्य एवं दोलखा सहइञ्चार्ज चुनु केसी, प्रदेश कमिटी सदस्य रामबहादुर खड्कालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ९ : २७ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले