दाङ २ बाट महरासहित तीन जनाको नाम सिफारिस | Khabarhub Khabarhub

दाङ २ बाट महरासहित तीन जनाको नाम सिफारिस


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दाङ – नेकपा (माओवादी केन्द्र) क्षेत्र नं २ दाङले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दाङ क्षेत्र नं २ बाट माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित तीनजनाको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष महरा, पार्टीका स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रका नेता शेसुराम भण्डारीले जानकारी दिए ।

महरा २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी हुनुभएको हो भने शर्मा समानुपातिक सांसद छन् । त्यस्तै आचार्य २०७० सालको निर्वाचनमा क्षेत्र नं २ बाट उम्मेदवार भए पनि पराजित भएका थिए।

यस क्षेत्रबाट नेकपा (एमाले) ले पार्टी महासचिव शङ्कर पोखरेललाई एकल उम्मेदवारका पमा सिफारिस गरेको छ भने नेपाली कांग्रेसले राजु खनाल, घनश्याम रेग्मी, किरण किशोर घिमिरे र भरतबहादुर न्यौपानेको नाम सिफारिस गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १० : २६ बजे

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा