सबैभन्दा धेरै कानको समस्याले रिंगाटा लाग्छ | Khabarhub Khabarhub

सबैभन्दा धेरै कानको समस्याले रिंगाटा लाग्छ

'धेरै मोबाइल चलाउँदा माइग्रेन भएर पनि रिंगाटा लाग्ने हुन्छ'



काठमाडौँ : पछिल्लो समयमा मानिसहरुमा रिंगाटा लाग्ने समस्या बढ्दो छ । विभिन्न कामको चाप र शरिरको विभिन्न अंगमा समस्या हुँदा पनि रिंगाटा लाग्ने समस्या हुन्छ । कान, रक्तचाप, मधुमेह लगायतका कारण पनि रिंगाटा लाग्ने समस्या बढ्ने गरेको डाक्टरहरु बताउँछन् । रिंगाटा लाग्ने समस्याका बारेमा खबरहबका लागि विना न्यौपानेले नाक कान घाँटी रोग विशेषज्ञ डा.संज्ञा पौडेलसँग गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय धेरै जनालाई रिंगाटाको समस्याले सताएको छ, यसलाई हामीले कसरी बुझ्ने ?
पहिला त हामीले रिंगटा भनेको के हो त्यो बुझ्नु पर्दछ । कसैलाई खाना नखाएर, कसैलाई प्रेसर बढी या कम भएर धेरै तरिकाले यो रिगांटा लाग्न सक्छ । हामीले नाक कान घाँटीको प्रति अंगता भनेर घटाएको भनिन्छ अङ्ग्रेजीमा यो भनेको पृथ्वी वा आफू घुमेको जस्तो अनुभव हुन्छ । शरीरको टाउको आँखा, मांशपेशी केहीमा समस्या भयो भने हामीलाई रिगंटा लाग्छ ।

रिगांटा लाग्दा अहिलेसम्म सबै भन्दा बढी देखिएको कारण कुन बनेको छ ?
कानको समस्याका कारण रिगांटा लागेको हुन्छ । १०० जनालाई रिगांटा लाग्यो भने २० प्रतिशतलाई टाउकोको कारणले लागेको हुन्छ । ८० प्रतिशतलाई कानको कारणले रिगांटा लाग्छ । १०० जना कानको बिरामी भए ८० जनालाई कानको कारणले रिगांटा लाग्छ ।

यो कानमा देखिएर रिगांटा लाग्ने समस्या कस्तो हो ?
हाम्रो कानभित्र मसिनो क्याल्सियमको कर्णहरू हुनु पर्ने ठाउँ भन्दा फरक ठाउँमा सर्छ । त्यसले गर्दा टाउको यता उता फर्काउँदा सुत्दा फन फन हुने एक छिन रोक्छ, फेरी हुन्छ । यो समयमा उपचार गर्याे भने आजको भोलि नै निको हुन्छ नत्र सधैँ रहन्छ । भिटामिन डी डेफिसेनसी हुँदा केही हदसम्म सर्न सक्ने सम्भावना हुन्छ । यो विभिन्न अध्ययनहरुले जनाएको छ । त्यो बाहेक यही कारणले सर्याे भन्ने केहि छैन ।

रिगांटा कुनै व्यक्तिले मलाई लाग्दै छ भनेर पहिला नै मलाई लाग्दै छ भनेर थाहा पाउन सकिन्छ कि ?
पहिला नै कसैलाई थाहा हुँदैन । पहिलो पटक लागेको छ भने सबै घुमेको जस्तो हुन्छ । यो बारम्बार दोहोरियो भने अब मलाई रिगांटा लाग्छ है भन्ने अनुमान गर्न सकिन्छ ।

कस्तो उमेर समूहमा यो धेरै देखिएको छ ?
यो सबै उमेर समूहमा लाग्छ । विशेष गरी वृद्धहरूमा उमेरसँग सँगै शरीरको तन्तुहरू कमजोर हुँदै जान्छ र कानको तन्तु पनि कमजोर हुँदै जान्छ ।

युवा पुस्तामा पनि धेरै यो समस्या देखिएको छ भनिन्छ के यो कानको कारणले नै हो ?
माइग्रेनको समस्याले रिंगाटा लागेको छ । खाना खाने र सुत्ने समय टिभी मोबाइलको धेरै प्रयोग शारीरिक ब्याकको कमीले गर्दा माइग्रेनको समस्या हुन्छ र रिगांटा लाग्छ ।

यो वंशाणुगत कारणले हुन्छ ?
वंशाणुगतमा बुबा आमा कसैलाई भएको छ भने समय समयमा रिगांटा लाग्ने कान कम सुन्ने हुन्छ । यो समयमा उपचार भयो भने कान सुन्ने अवस्था हुन्छ ।

कस्तो अवस्थामा घरमा नै बस्ने कस्तो अवस्थामा अस्पताल नै जाने त ?
लामो समयसम्म एउटै ठाउँमा बसेर जुरुक्क उठ्दा घुमाएको जस्तो भयो भने खाना नखाएको बेला सुगर लेबल कम भएर भएको हो भन्ने बुझिन्छ । त्यो भन्दा अरु हिँड्दा हिँड्दै काम गर्दा गर्दै लागेको छ भने उपचारतिर लाग्नु नै पर्दछ ।

अवस्था गम्भीर भएर अस्पताल जाँदा उपचार कसरी गरिन्छ ?
पहिला हामीले टाउकोको स्टोक छुट्याउनु पर्दछ । त्यसलाई हामी पक्षघात भन्छौँ । कहिले काँहि टाउकोको पक्षघात भएर पनि धेरै रिगांटा लाग्ने हुन्छ । मुटुको हृदयघातहरुलाई हामीले छुट्याउछौँ । यो खतरा हैन भने हामीले कानको उपचार गछौँ । बिरामीको अवस्था हेरेर के कारणले लागेको हो भनेर पता लगाउँछौँ । र, त्यही अनुसारको उपचार गछौँ ।

पछि दोहोरीले सम्भावना हुन्छ कि हुँदैन ?
सबै आफ्नो रोगको प्रकृति अनुसार हुन्छ । माइग्रेसनहरुमा दोहोरिन सक्छ त्यसको लागि हामीले उपचारले पछाडि धकेल्दै जाने स्वस्थ जीवन बिताउने, धेरै नुन नखाने, सागपात खाने गर्नु पर्दछ । कसै कसैलाई अरु कारण पनि हुन्छ । जसले नसालाई नै प्यारालाइसिस गराउँछ । त्यो अवस्थामा ३ देखि ४ महिनासम्म गाह्रो हुन्छ । हामीले थेरापीहरु गरेर निको पार्न सक्छौँ ।

यस्तो समस्या हुँदा कस्तो खाना धेरै खाने त ?
माइग्रेनको लागि कोल्ड्रिकहरु नखाने ज्यादा नुन नखाने गर्नुपर्छ । खालि पेट नबस्ने, माछा मासु खाने, गेडागुडी खाने, चकलेटहरु नखाने ।

डार्क चकलेट कस्तो व्यक्तिले खाने त ?
कुनै बेला डाक्टरहरूले खानु भन्नु हुन्छ । ब्लड सुगर लो हुँदा चकलेटहरुले सुगरको मात्रा रगतमा छिटो बढाउँछ । त्यसले क्षणिक रूपमा आनन्द गराउन त्यसपछि अरु खाना खाएर लेबलमा ल्याउनु पर्दछ । चियापति र चकलेटले धेरै खायो भने माइग्रेनलाई झन् समस्या ल्याउँछ ।

यस्तो कुनै पनि समस्या नआओस् भनेर हामीले कस्तो खाना खाने त ?
स्वस्थ जीवन बिताउने, बिहानको ४० मिनेट व्यायाम गर्ने, बुढाबुढीहरूले पनि नियमित व्यायाम गर्ने, स्वस्थ मिलाएर खाना खाने, प्रशस्त मात्रमा सुत्ने, मोबाइल टिभीको प्रयोग कम गर्नुपर्छ ।

अन्तिममा के सन्देश दिन चाहनु हुन्छ ?
हामीले नाकको समस्या कानको समस्या अरु समस्यामा हामीले ख्याल गरेर धुलो धुवाबाट बच्न सक्यौँ भने सानो कुराबाट ठुलो परिणाम भोग्नु पर्दैन ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ६ : ५२ बजे

सहिद विजय चौधरीको परिवारलाई लहान नगरपालिकाले दियो खाद्यान्न सामग्री

सिरहा– ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर सहिद भएका

गृह मन्त्रालयमा ‘सहायता कक्षा’ स्थापना, सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं– गृह मन्त्रालयले ‘जेन-जी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात् विकसित भएको घटनाक्रम

पार्टी नेता, कार्यकर्ताबाट १० रुपैयाँ सहयोग उठाएर पार्टी कार्यालय पुनः निर्माण गर्छौँ : धनराज गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट १०

जेन-जी आन्दोलनका घाइते प्रहरी भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गत २३ र २४ गते भएको

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

काठमाडौं– गत भदौ २३ र २४ गते जेन-जीको प्रदर्शनका क्रममा