विप्लव नेतृत्वको नेकपाको नवौँ महाधिवेशन उद्घाटन आज | Khabarhub Khabarhub

विप्लव नेतृत्वको नेकपाको नवौँ महाधिवेशन उद्घाटन आज


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुलुक आमनिर्वाचनमा होमिरहँदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेशन लागेको छ।

चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आज कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ। काठमाडौँमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेशन गर्न लागेको हो। कपिलवस्तु चन्दको गृह जिल्ला पनि हो।

सो महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गर्नेछन्। मध्याह्न १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा विप्लवले सम्बोधन गर्ने सो महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि पर्यवेक्षक कपिलवस्तु आउने क्रममा जारी रहेको छ। सो महाधिवेशनमा कति प्रतिनिधि रहन्छन् भन्ने खुलाइएको छैन।

पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रबाट अलग्गिएर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा लागेको चन्द सो पार्टी पनि विभाजन गरी नेकपा गठन गरेका थिए। तीन वर्ष अघि शान्ति प्रक्रियामा आएका चन्दको पार्टी पनि विभाजन भए पछि पहिलो पटक नयाँ कार्यदिशा निर्माण गर्ने तथा ४ मंसिरमा हुन गइरहेको निर्वाचनबारेमा धारणा बनाउने भएकाले चासोको रूपमा हेरिएको छ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ६ : ५१ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय