आज यी प्रदेशमा हुँदैछ वर्षा, भोलि र पर्सि कस्तो हुनेछ मौसम? | Khabarhub Khabarhub

आज यी प्रदेशमा हुँदैछ वर्षा, भोलि र पर्सि कस्तो हुनेछ मौसम?


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाल देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान सार्वजनिक गरेको नियमित मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको जनाइएको छ।  प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हेर्नुहोस् भोलि र पर्सिको मौसम कस्तो हुनेछ ? 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ७ : ०० बजे

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौँ– साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा साेमबार सुन र चाँदीको मूल्य घटेको छ

१२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा निर्माण व्यवसायी

कर्णालीमा बालबालिकाको क्षेत्रमा लगानी न्यून

सुर्खेत– बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको पाइएको

इटालियन सिरी ए : रोमा र फिओरेन्टिनाले खेले बराबरी

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा रोमा र फिओरेन्टिनाले बराबरी खेलेका