विश्व इतिहासमा आज : अन्तरिक्षमा हिँड्ने महिलादेखि ब्रिटिस-आइरिस युद्धसम्म « Khabarhub

विश्व इतिहासमा आज : अन्तरिक्षमा हिँड्ने महिलादेखि ब्रिटिस-आइरिस युद्धसम्म


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आज ११ अक्टोबर । आजको दिन विश्व इतिहासमा केही महत्त्वपूर्ण सामाजिक र राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ केही घटना :

अन्तरिक्षमा हिँड्ने पहिलो अमेरिकी महिला
सन् १९८४ मा अमेरिकी महिला क्याथरायन डिवेर सुलिभान अन्तरिक्षमा साढे तीन घण्टा हिँडेकी थिइन् । डिवेरलाई अन्तरिक्ष यात्री डेभिड लिस्टमाले साथ दिएका थिए । स्पेस सटल च्यालेन्जर मिसन एसटीएस–४१ जीमार्फत उनीहरू अन्तरिक्षमा पुगेका थिए ।

उचाङ क्रान्ति
सन् १९११ मा चीनको वुचाङमा ठूलो क्रान्ति भएको थियो । क्रान्तिपछि क्विङ वंशको अन्त्य हुनुका साथै जनगणतन्त्र चीन स्थापना भएको थियो । यो दिनलाई ताइवानमा महत्त्वपूर्ण दिवसमा रूपमा मनाइन्छ ।

ब्रिटिस र आइरिस सेनाबीच युद्ध
१८९९ मा ब्रिटिस र आइरिस सेनाबीच तीन वर्ष लामो युद्ध भएको थियो । बोअरमा सुन तथा हिराखानीको स्वामित्वको विषयमा विवाद उत्पन्न भएपछि युद्ध भएको थियो ।

इराकमा फौज परिचालन गर्ने अधिकार अमेरिकी राष्ट्रपतिलाई
सन् २००२ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसलाई इराकमा सैन्य फौज परिचालन गर्न वृहत् अधिकार दिने विधेयकलाई अमेरिकी कंग्रेसले पारित गरेको थियो।

पायोयिनर-१ अन्तरिक्षमा
सन् १९५८-मानवरहित अमेरिकी अन्तरिक्ष अनुसन्धान यान पायोयिनर-१ लाई चन्द्रमाको कक्षमा पठाइएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ७ : ११ बजे

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण

जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी