आज ११ अक्टोबर । आजको दिन विश्व इतिहासमा केही महत्त्वपूर्ण सामाजिक र राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ केही घटना :
अन्तरिक्षमा हिँड्ने पहिलो अमेरिकी महिला सन् १९८४ मा अमेरिकी महिला क्याथरायन डिवेर सुलिभान अन्तरिक्षमा साढे तीन घण्टा हिँडेकी थिइन् । डिवेरलाई अन्तरिक्ष यात्री डेभिड लिस्टमाले साथ दिएका थिए । स्पेस सटल च्यालेन्जर मिसन एसटीएस–४१ जीमार्फत उनीहरू अन्तरिक्षमा पुगेका थिए ।
उचाङ क्रान्ति सन् १९११ मा चीनको वुचाङमा ठूलो क्रान्ति भएको थियो । क्रान्तिपछि क्विङ वंशको अन्त्य हुनुका साथै जनगणतन्त्र चीन स्थापना भएको थियो । यो दिनलाई ताइवानमा महत्त्वपूर्ण दिवसमा रूपमा मनाइन्छ ।
ब्रिटिस र आइरिस सेनाबीच युद्ध १८९९ मा ब्रिटिस र आइरिस सेनाबीच तीन वर्ष लामो युद्ध भएको थियो । बोअरमा सुन तथा हिराखानीको स्वामित्वको विषयमा विवाद उत्पन्न भएपछि युद्ध भएको थियो ।
इराकमा फौज परिचालन गर्ने अधिकार अमेरिकी राष्ट्रपतिलाई सन् २००२ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसलाई इराकमा सैन्य फौज परिचालन गर्न वृहत् अधिकार दिने विधेयकलाई अमेरिकी कंग्रेसले पारित गरेको थियो।
पायोयिनर-१ अन्तरिक्षमा सन् १९५८-मानवरहित अमेरिकी अन्तरिक्ष अनुसन्धान यान पायोयिनर-१ लाई चन्द्रमाको कक्षमा पठाइएको थियो ।